सुनको भाउ इतिहासकै महंगो, प्रतितोला १ लाख २५ हजार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 07, 2024 | 10:38:36 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार सुनको भाउ  इतिहासकै महंगो भएको छ । बुधबार प्रतितोला १ लाख २३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १५ सय रुपैयाँले बढेको हो । यस दिन छापावाला सुन १ लाख २५ हजार रुपैयाँ प्रतितोलमा कारोबार भईरहेको छ ।  

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य आज ३० रुपैयाँले बढेको छ  । यस दिन चाँदि प्रतितोला १ हजार १४ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ७ हजार १७०  रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख ६ हजार ६६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ६० रुपैयाँ तोकेको छ।

पछिल्लो समय सुनको भाउ लगातार बढी रहेको छ । पछिल्लो १० दिन भित्र सुनको भाउ करिब ८ हजार रुपैयाँ प्रतितोलाका दरले बढेको छ । 

विज्ञहरुले पनि सुनको भाउ निरन्तर बढ्ने बताएका छन् । विज्ञहरुले सुनको भाउ प्रतितोला १ लाख ७० हजार रुपैयाँसम्म पुग्ने अनुमान गरेका छन् । 

यस अघि: सुनको भाउ १ लाख ७० हजारसम्म पुग्ने अनुमान, किन बढिरहेको छ मूल्य ?

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved