आज ७ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2024 | 10:43:06 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार सुनचाँदीको भाउ बढेको छ । आइतबार प्रतितोला १ लाख २४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ७ सय रुपैयाँले बढेको छ।

आज छापावाला सुन प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ५ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ७ हजार ३४० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख ६ हजार ८२५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १३ सय ७.५० रुपैयाँ तोकेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved