सुनको भाउमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2024 | 10:43:09 AM मा प्रकाशित

laxmi  sunrise bank

आज आइतबार सुन चाँदीको भाउ बढेको छ । शुक्रबार प्रतितोला १ लाख २६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ सय रुपैयाँले बढेको छ ।

आज छापावाला सुन १ लाख २६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता, चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ५ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ८ हजार ६२५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख ८ हजार ११० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ९९ रुपैयाँ तोकेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved