३० मिनेट मै कोरोनाको नतिजा दिने एन्टिजेन परिक्षण विधि कति प्रभावकारी ?

लक्ष्मण लम्साल

लक्ष्मण लम्साल

Oct 14, 2020 | 05:49:53 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले अब कोरोना भाइरस (कोभिड—१९)को परीक्षण एन्टिजेन विधिबाट गर्ने भएको छ । राष्ट्रिय कोभिड—१९ परीक्षण मापदण्ड २०७६ लाई संशोधन गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एन्टिजेन विधिबाट कोभिड—१९ को परीक्षण गर्न थालेको हो ।

सस्तो मूल्यमा र छोटो समयमानै नतिजा आउने भएकाले पनि यो विधि विश्वका धेरैजसो देशहरुले अपनाएका छन् । पीसीआर परीक्षणको तुलनामा करिब आधा मूल्यमा नै यो विधिबाट परीक्षण गर्न सकिने भएपछि नेपालमा पनि यो विधि उपयूक्त हुने जनस्वास्थ्यविद्हरु बताउँछन् । 

छोटो समयमा नै रिपोर्ट आउने र कम खर्चिलो हुने भएकाले नेपाल जस्तो कम आय भएका मुलुकहरुमा यो विधि अझ उपयुक्त हुने जनस्वास्थ्यविद् डा. समिरमणि दिक्षित बताउँछन् । उनी भन्छन्, ‘नेपाल जतिको कम आर्थिक स्थिति भएको देशमा यो विधि एकदम उपयुक्त हुन्छ । यस विधिबाट परीक्षण गर्दा ३० मिनेट भित्र नै रिपोर्ट आउछ । यो ३० मिनेट स्वाव संकलन देखि रिपोर्ट आउँदासम्मको समय हो ।’

डा. दिक्षितका अनुसार हाल पीसीआरको तुलनामा एन्टिजेन टेष्टको विश्वसनियता ३ प्रतिशत कम छ । पीसीआरको विश्वसनियता शत प्रतिशत मानिन्छ । तर, एन्टिजेनको यस्तो विश्वसनियता ९७ पतिशत मानिन्छ । एन्टिजेनबाट गरिएको प्ररिक्षणको पनि विश्वसनियता बढदै गएको छ । आगामी दिनमा यसको पनि विश्वसनियता पीसीआर जस्तै शत प्रतिशत नै हुने उनले बताए । पीसीआर र एन्टीजेन परीक्षणको लागि स्वाव संकलन विधि भनै एउटै हुन्छ । तर परीक्षणको विधि भने फरक छ । 

पीसीआर परीक्षण गर्न ल्यावकोे आवस्यकता पर्छ भने एन्टीजोनको परीक्षण गर्दा कुनै ल्याबको आवस्यकता पर्दैन् । एन्टिजेन विधिको परीक्षण रगत परीक्षण गरे जसरी नै गरीन्छ र रिपोर्ट पनि छिटै आउँछ । मानिसको शरिरमा कोरोनाको संख्या कम भएपनि पीसीआरबाट रिपोर्ट पोजेटिभ आउँछ भने एन्टिजेनबाट यस्तो अवस्थामा रिपोर्ट नेगेटिभ आउँछ । अर्थात एन्टिजेन पोजेटिभ आउन शरिरमा धेरै सख्यामा कोरोना भाइरस हुनु पर्दछ । यसको मतलव कसैलाई कोरोना लागेको छ तर उसको शरिरमा कोरोनाको संख्या कम छ भने एन्टिजेन नेगेटिभ देखाउछ । अर्थात एन्टिजेन टेष्ट गर्दा फल्स नेगेटिभ आउँने सम्भावना पनि हुन्छ । डा. दिक्षितका अनुसार यस्तो फल्स नेगेटिभ हुने सम्झावना ३ प्रतिशत हुने गर्दछ । यसरी एन्टिजेन परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएमा पीसीआर टेष्ट गर्ने नगर्ने भन्नेबारे स्वास्थ्यकर्मीसँग सल्लाह लिएर निर्णय गर्दा राम्रो हुने उनी बताउछन्। उनका अनुसार एन्टिजेनले फल्स पोजेटिभ हुने सम्भावना भने रहदैन  । एन्टिजेनबाट पोजेटिभ आएमा थप पुष्टि गर्न पीसीआर टेष्ट गरि रहनु पर्दैन् ।

त्यस्तै एन्टिजेन विधिका लागि पीसीआरको जस्तो दक्ष र अनुभवी जनशक्ति नचाहिने अर्का जनास्वास्थ्यविद् डा. रविन्द्र पाण्डे बताउँछन् । उनका अनुसार एन्टिजेन विधिका लागि सामान्य तालिमप्राप्त जनशक्ति भएपनि हुन्छ । एन्टिजेनबाट छिटो समयमा नतिजा आउने भएकाले कुनै आकस्मिक रुममा अपरेसन लगायतको उपचार गर्नुपर्दा यो विधि प्रभावकारी हुन्छ । डा. पाण्डेका अनुसार यो विधिबाट परीक्षणको मूल्य हाल सरकारले एक हजार रुपैयाँ तोकेपनि केही समयमा यसको मूल्य पाँच सयमा झर्छ ।

उनका अनुसार पीसीआरले शरीरमा भएको भाइरसको आरएनए परीक्षण गर्दछ भने एन्टिजोनले सक्रिय भाइरसको सतहमा रहेको प्रोटिनको परीक्षण गर्दछ । अन्ततः पीसीआर र एन्टिजेनले हाल शरीरमा कोरोना भाइरस छ कि छैन् भन्ने पत्ता लगाउने काम गर्दछ । 

सरकारले यस्तो परीक्षणको रिर्पोट पोजेटिभ आएमा काठमाडौँ उपत्यकाको हकमा इपिडिमियोलेजी तथा सरुवा रोग नियन्त्रण महाशाखा, सम्बन्धित कार्यालय र व्यक्तिलाई तथा नेगेटिभ रिर्पोट आएमा सम्बन्धित व्यक्तिलाई दिनुपर्ने जनाएको छ । परीक्षणका लागि एफडिए युएई मान्यता प्राप्त किट र स्वास्थ्य सेवा विभागबाट मान्यता प्राप्त गरेका किटमात्र सूचीकृत हुनु पर्नेछ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालको अनुमति प्राप्त गरेका प्रयोगशालाले मात्र एन्टिजेन परीक्षण गराउने पाउने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved