'केराउ,मरिच र सुपारी आयातमा लागेको प्रतिबन्ध यथावत छ, कोटा पाएकालाई मात्रै सटही सुविधा'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 30, 2021 | 03:37:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले मरिच, केराउ र सुपारी आयातमा लाग्दै आएको प्रतिबन्ध नहटेको स्पष्ट पारेको छ। केन्द्रिय बैंकले एक सूचना मार्फत बस्तु आयातमा लाग्दै आएको प्रतिबन्धबारे सार्वजनिक गरेको बिज्ञप्तीलाई लिएर गलत रिपोर्टिंङ भएकाले राष्ट्र बैंकले यस बिषयमा स्पष्ट पारेको हो।

मरिच, केराउ, सुपारी र छोकडाको आयातमा लगाईएको प्रतिबन्ध यथावत रहेको र आर्थिक बर्ष २०७७-०७८ को लागि यी बस्तुको आयातमा निश्चित परिमाण ल्याउन पाउने व्यवस्था गरीएको नेपाल राष्ट्र बैंकका प्रवक्ता देब प्रकास ढकालले बिजपाटीलाई बताए।      

उनकाअनुसार आर्थिक बर्ष २०७७-०७८ मा तोकेको परिमाणभित्र रहेर तोकिएको बस्तु आयातको लागि तोकिएको अवधिभित्र एलसी खोलेका हरुका लागि मात्रै सटही सुविधा दिनसकिनेबारे स्पष्ट पार्दै नेपाल राष्ट्र बैंकले संसोधित एकीकृत पत्र २०७६ जारी गरेको हो।

प्रतिबन्ध यथावत रहेपनि आर्थिक बर्ष २०७७-०७८ मा कूल ८० हजार मेट्रिक टन परिमाण ननाघ्ने गरी केराउको, २५ हजार मेट्रिक टन सुपारी, ५० हजार मेट्रिक टन छोकडा, १५ हजार मेट्रिक टन मरिच पैठारी गर्न पाइने व्यवस्था गरिएको राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलद्वारा हस्ताक्षरित राष्ट्र बैंकले संसोधित एकीकृत पत्र २०७६ मा उल्लेख छ।   

राष्ट्र बैंकका प्रवक्ता ढकालले बिजपाटीलाई भने, "आर्थिक बर्ष २०७७-०७८ मा यी बस्तुको केहि परिमाण ल्याउन पाइने भनेर परिमाण तोकिएको हो। जुन जुन व्यवसायीले तोकिएको परिमाण भित्र रहेर आफुले ल्याउन पाउने कोटाको लागि बाणिज्यबाट अनुमति लिएका थिए, तिनीहरुले चैत मसान्तभित्र कोटा पाईसकेका थिए, त्यो पाएको कोटाको सामान अहिले आयो भने त्यसको भुक्तानी गर्नको लागि मात्रै सटही सुविधा दिने भनेको हो तर यी बस्तुको आयातमा लगाईएको प्रतिबन्ध हटाईएको छैन।"

चैत्र मसान्तभित्र कोटा दिईसकेको सामानको आयात रहेको बताउदै प्रवक्ता ढकालले भने, चैत मसान्तभित्र अन्तिम कोटा लिईसकेको सामानको लागि असार मसान्तभित्र एलसी खोलिसकेको हुनुपर्ने र त्यहि अनुसार सामान आयात भएको छ भने त्यसको भुक्तानीको लागि सम्बन्धित व्यवसायीले सटही सुविधा पाउने व्यवस्था गरिएको हो। 

तर मरिच, केराउ, सुपारी र छोकडाको आयातमा प्रतिबन्ध हटेको भन्ने संदेश बाहिर आएकाले यसले व्यवसायीहरुमाझ गलत बुझाई पर्न गएको ढकालले बताए। प्रतिबन्ध नहटेको उनले स्पष्ट पारे।  

चैत पहिलो साता सुपारी २५ हजार, केराउ ८० हजार, मरिच १५ हजार र छोकडा ५ हजार मेट्रिक टन आयात गर्न पाइने गरी कोटा निर्धारण गरिएको थियो। कोटा निर्धारणको सूचना चैत ९ गते राजपत्रमा प्रकाशित भएको थियो। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार कोटा निर्धारण स्थगित गरिएको सूचना निकालेको थियो। 

तर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विभागबाट भइरहेको केराउ, सुपारी, छोकडा र नधुल्याएको मरिचको पैठारीको कोटा वितरण कार्य पछि स्थगित गरेको थियो र जुन अहिले पनि कायम छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved