शिवम् सिमेन्टद्वारा २६० निर्माणकर्मीको दुर्घटना बीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2021 | 03:43:39 PM मा प्रकाशित

laxmi  sunrise bank

शिवम् सिमेन्टले आबुखैरेनी, मुग्लिङ, गोरखा, डुम्रे र दमौलीका २६० निर्माण कर्मीहरुको बीमा गरिदिएको छ । सँगै अन्र्तक्रिया पनि सम्पन्न गरेको छ । 

अन्र्तक्रियामा भवन निर्माण सम्बन्धी प्राविधिक परामर्शसहित हरेक सहभागि निर्माणकर्मीहरुको लागि ५ लाख बराबरको दुर्घटना बीमा गरी बीमा पोलिसी सोही कार्यक्रम मार्फत हस्तान्तरण गरिएको शिवम् सिमेन्टले जनाएको छ । 

निर्माणकर्मीहरुको जोखिमपूर्ण कामलाई मध्यनजर राख्दै शिवम् सिमेन्टले निर्माणकर्मीहरुको लागि निःशुल्क दुर्घटना बीमा योजना ल्याएको थियो । देशका विभिन्न स्थानमा सम्पन्न प्राविधिक अन्तक्रिया कार्यक्रममा शिवम् सिमेन्टले सहभागी हरेक निर्माणकमीहरु को लागि ५ लाख बराबरको जोखिम बहन गर्ने गरी बीमा गरेको थियो । 

पहिलो चरण अन्र्तगत भाद्र तथा असोज महिनामा काठमाडौं, मकवानपुर, पर्सा, रौतहट, जनकपुर, महोत्तरी जिल्ला लगायतका विभिन्न १६ स्थानमा १ हजार भन्दा बढि निर्माणकर्मीहरुसंग प्राविधिक अन्तक्रिया गरी उनीहरुको जोखिम बीमा गराई सकेको कम्पनीले जनाएको छ । 

यो संगै शिवम् सिमेन्टले निरन्तर रुपमा विक्रि पछिको निःशुल्क प्राविधिक सेवा समेत दिदै आहिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved