३६ घण्टादेखि अध्याँरोमा नेपालका उद्योगहरु, लोडसेडिङ तालिका निकाल्न माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2022 | 09:36:52 PM मा प्रकाशित

laxmi  sunrise bank

औपचारिक जानकारी बीना नै औधोगिक क्षेत्रमा पछील्लो छत्तिस घण्टादेखि बिद्युत आपूर्ति ठप्प गरिएको भन्दै उद्योगीहरुले सरकारको ध्यानाकर्षण   गरेका छन्। मोरङ ब्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश नम्बर एक ले संयुक्त बिज्ञप्ती मार्फत यस्तो आलोचना गरेका हुन्। 

बिगत केहि दिनदेखि पुर्व सूचना बेगर औधोगिक क्षेत्रमा दैनिक १२ घण्टा भन्दा बढी बिद्युत आपूर्ति अवरोध भएकोमा दुई दिनदेखि लगातार २४ घण्टा बिद्युत आपूर्ति बन्द भएको भन्दै मोरङगक यी सङ्गठनहरुले सरकारको ध्यानाकर्षण गराएका हुन्। 

उद्योग संचलानमा अक्सिजनको भूमिका निर्वाह गर्ने बिद्युतको निरन्तर आपूर्तिलाई बिद्युत प्राधिकरणको प्रतिष्ठा मै प्रश्न खडा हुनेगरि बीना कुनै जानकारी पटक पटक बिद्युत आपूर्ति बन्द भएको यी उद्योगीहरुको भनाई छ। 

यसरी आपूर्ति बन्द हुँदा उत्पादनको क्रममा रहेका कच्चा पदार्थहरु खेर जाने र श्रमिकहरुको पनि व्यवस्थापन गर्न कठिनाई भएको मोरङका यी उद्योगी संगठनहरुको साझा भनाई रहेको छ। 

यस्तो अवस्थाले निरन्तरता पाईरहे अति आवश्यक बस्तु लगायत सम्पूर्ण उत्पादन प्रक्रिया नै ठप्प भई आपूर्ति शृंखला अवरोध हुने तर्फ समेत मोरङका यी उद्योगी संगठनहरुले सरकारको ध्यानाकर्षण गराएका छन्। 

बीना जानकारी यसरी बिद्युत आपूर्ति बन्द गरिदिंदा उत्पादनको क्रममा रहेका कच्चा पदार्थ खेर जाने र श्रमिक लगायतका व्यवस्थापनमा कठिनाई हुने भएकाले तत्कालै लोडसेडिङ तालिका सार्वजनिक गर्नलाई समेत उनीहरुले सरकार समक्ष आग्रह गरेका छन्। 

त्यस्तै नेपालका बिद्युत उत्पादक कम्पनीहरुले नेपाल बिद्युत प्राधिकरणसंग सम्झौता गरेको परिणाम भन्दा बढी बिद्युत उत्पादन गर्न सकिने अवस्था रहेकाले बिद्युत उत्पादकलाई हौसला प्रदान गरि स्वदेशी उत्पादनलाई जोड दिनलाई बिद्युत प्राधिकरणसमक्ष उद्योगहरुले माग राखेका छन्। 

त्यस्तै मोरंगका बिभिन्न उद्योगी व्यवसायीहरुले बिद्युतको न्यायोचित वितरण गर्नलाई समेत सरकारको ध्यानाकर्षण गराएका छन्। भारतबाट समेत आशा गरीएअनुसार बिद्युत उत्द्पादन नभई रहेको अवस्थामा सरकारले ढिलानगरी विद्युत आपूर्तिको समस्यालाई राष्ट्रिय समस्या घोषणा गर्नुपर्ने उनीहरुको माग छ। 

त्यस्तै बिद्युत आपूर्ति नै बन्द भएकाले औधोगी क्षेत्र यो बेला बन्द हुने भएकाले उद्योगहरुबाट डिमाण्ड शुल्क नलिनलाई समेत उनीहरुले आगढ़ गरेका छन्। 

त्यस्तै कुटनीतिक पहलगरि बिद्युत आपूर्तिमा आएको समस्याको समाधान गर्नलाई समेत उनीहरुले आग्रह गरेका छन्।

बिज्ञप्तीमा नेपाल उद्योग परिसंघ प्रदेश एक का अध्यक्ष भिम घिमिरे, उद्योग संगठन मोरंगका कार्यबाहक अध्यक्ष प्रदिप मुरारका र मोरङ ब्यापार संघका अध्यक्ष नबिन रिजालले संयुक्त रुपमा हस्ताक्षर गरेका छन्।         

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved