स्पञ्ज आइरनको निर्यातमा भारतले लगायो ५० प्रतिशत कर, नेपालमा साहिल अग्रवालहरु तनावमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2022 | 02:34:00 PM मा प्रकाशित

laxmi  sunrise bank

स्पन्ज आइरनको निर्यातमा भारतले ५० प्रतिशतसम्म कर बढाएको छ । भारतबाट अन्य देशमा निर्यात हुने फलामको प्रशोधित कच्चा पदार्थ स्पञ्ज आइरनमा भारत सरकारले करको दरमा भारी बढोत्तरी गरेको हो ।

आफ्नो देशमा आयात गर्दाको भन्सार महशुल शून्यमा झार्दै भारत सरकारले निर्यातमा भने ५० प्रतिशत कर लगाउन सुरु गरेको हो । यसअघि स्पञ्ज आइरनको निर्यातमा ३० प्रतिशत कर लाग्दै आएको थियो ।

तर, इन्डियन स्टिल्स इन्डष्ट्रिज एशोसिएसनले स्पञ्ज आइरनको निर्यातमा कर बढाउन सुझाव दिएको थियो । उक्त सुझावका आधारमा गत शनिबार भारत सरकारले स्पञ्ज आइरनको निर्यातमा कर बढाएको हो ।

यसअघिः
साहिल अग्रवालको समूहलाई पोस्न अर्थमन्त्रीले कर्मचारी र उद्योगीलाई यसरी ढाँटे

भारतीय समाचार संस्था इकोनोमिक्स टाइम्सका अनुसार रुस र युक्रेन युद्धले अन्तराष्ट्रिय बजारमा फलाम र स्टिलजन्य बस्तुको अभाव भईरहेकाले देशमै खपत बढाएर उत्पादन वृद्धि गर्न निर्यातमा कर बढाईएको जनाएको छ । 

के पर्छ नेपालमा असर ?

नेपालमा स्पञ्ज आइरनको आयातमा भन्सार र अन्तःशुल्क छुट छ । बिजुलीको खपत बढाउन भन्दै अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेटमार्फत स्पञ्ज आइरनको आयातमा भन्सार र अन्तःशुल्क छुट दिएका थिए । 

तर, अब नेपालमा स्पञ्ज आइरन ल्याएर बिलेट र फलाम उत्पादन गर्ने उद्योगहरुले ल्याउने देशमै निर्यातमा कर बढेपछि त्यस्ता नेपाली उद्योगहरु प्रभावित हुने भएका छन् ।

यो पनिः
अग्रवाल समूहलाई पोसेर ‘पैसा कुम्ल्याउदै’ अर्थमन्त्री शर्मा

हाल नेपालमा स्पञ्ज आइरन ल्याएर फलाम बनाउने ६ वटा उद्योगहरु छन् । साहिल अग्रवालको जगदम्बा स्टिल, बिष्णु न्यौपानेको सर्वोत्तम स्टिल, बिष्णु न्यौपानेको दाईको अम्बे स्टिल, यहीँ समूहका अन्य उद्योगीका अशोक, नारायणी स्टिल)ले लाखौ टन स्पञ्ज आइरन ल्याएर फलाम उत्पादन गर्दै आएका छन् ।

नेपालभित्र अरु २६ उद्योगहरु (तयारी बिलेट ल्याएर फलाम बनाउने) लाई प्रतिस्पर्धामा आउनै नसक्ने गरी ‘पोलिसी सेटिङ’ गरेका साहिल अग्रवाल लगातयको समूह भारतले नै निर्यातमा कर बढाएपछि अब रनभुल्लमा परेका छन् ।

आफूहरुलाई स्पञ्ज आइरन बिक्रि गर्ने निर्यातकर्तालाई अब निर्यातभन्दा भारतमै बिक्रि गर्दा लाभ हुने भएपछि उसले सामान दिँदैन कि भन्ने चिन्ताले साहिल अग्रवाल, विष्णु न्यौपाने लगायतका उद्योगीहरुलाई सताएको छ ।

यो पनिः
जनार्दनको प्रतिस्थापन बजेटको प्रतिफलः फलामे डण्डीको भाउमा ‘रेकर्ड ब्रेक’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved