अर्थमन्त्री शर्माका कारण ४ स्टिल उद्योग बन्द, बैंकको ७ अर्ब लगानी जोखिममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2022 | 12:15:51 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री जनार्दन शर्माले साहिल अग्रवाल र उनी निकटका उद्योगीहरुलाई पोस्ने नीति लिँदा फलामे डण्डी उद्योगहरु धमाधम बन्द हुन थालेका छन् । औसतमा २ अर्ब ५० करोड लगानी भएका ४ वटा उद्योगहरु बन्द भईसकेका छन् । 

अर्थमन्त्री शर्माले चालु आर्थिक वर्षको प्रतिस्थापन बजेटमार्फत स्पन्ज आइरनको आयातमा भन्सार र अन्तःशुल्क छुट दिएपछि बिलेट आयात गरेर फलाम बनाउने उद्योगहरुमध्ये हालसम्म ४ वटा बन्द भएका हुन् । 

‘हामीले प्राइम बिलेट ल्याएर फलाम बनाउँथ्यौँ, तर स्पन्ज ल्याउनेले भन्सार र अन्तःशुल्क दुबै छुट पाए, हामीलाई दुबै लाग्यो’ एक उद्योगीले भने, ‘कुनै कर नतिरी आयात हुने बस्तुसँग कर तिरेर ल्याएको बस्तुले मूल्यमा प्रतिस्पर्धा गर्न सक्ने कुरै भएन, त्यसैले हामीले फ्याक्ट्रीमा ताला लगायौँ ।’

कुन कुन उद्योग बन्द भए ?

निकै चर्चामा रहेको सालिमार स्टिल अर्थमन्त्री शर्माको नीतिका कारण बन्द भयो । यो उद्योगमा ३ अर्ब बढीको लगानी थियो । ७० प्रतिशत लगानी बैंकहरुले गरेका थिए । 

त्यस्तै, आरती स्टिल र कमला स्टिल उद्योग पनि पूर्ण रुपमा बन्द भएका छन् । स्रोतका अनुसार अर्को एउटा स्टिल उद्योग पनि बन्द भएको छ ।

‘एउटा मध्यम क्षमतामा फलाम उत्पादन गर्ने उद्योगमा २ अर्ब ५० करोडको लगानी हुन्छ’ एक उद्योगीले भने, ‘बन्द भएका ४ उद्योगमा १० अर्ब बढीको लगानी थियो, ७ अर्ब त बैंकको लगानी थियो । अब उद्योग बन्द भए, बैंकहरुले गरेको लगानी उठ्ने अवस्था छैन ।’

बन्द हुने चरणमा आधा दर्जन उद्योग

बिलेट आयात गरेर फलाम बनाउँदै आएका उद्योगहरुको कुल उत्पादन क्षमता वार्षिक ५० लाख मेट्रिक टन छ । खपत १४ लाख टन मात्रै छ ।

तर, अब धमाधम उद्योग बन्द हुन लागेका हुन् । स्पञ्ज ल्याएर बिलेट उत्पादन गर्ने उद्योगहरुले ‘प्राइम’ बिलेट दिन नसक्ने र प्राइम बिलेट बिना ५००डी गुणस्तरको डण्डी बन्दैन । पूर्वाधार निर्माणका लागि सबैभन्दा आवश्यक नै ५००डी मानिन्छ । 

नेपालमा स्पन्ज ल्याएर बिलेट बनाउँदा प्राइम बिलेट नै बन्दैन । स्पन्ज आइरन आयात गर्ने साहिल अग्रवाल लगायतका केही उद्योगीहरुले भने आफूहरु प्राइम बिलेट नै उत्पादन गर्ने दाबी गर्दै आएका छन् । तर, स्पन्जबाट प्राइम बिलेट बनाउने प्रविधि नै नेपालका उद्योगहरुसँग छैन ।

अर्थमन्त्रीले भदौ २५ गते प्रतिस्थापन बजेटमार्फत ल्याएको नीति र आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा पनि सोही नीतिलाई निरन्तरता दिँदा २२ वटा स्टिल उद्योगको लगानी जोखिममा परेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved