नेपाली सिमेन्ट बोकेर भारत हिडे ट्रक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2022 | 05:59:41 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली सिमेन्टको भारतमा निर्यात सुरु भएको छ । पश्चिम नवलपरासीको पाल्पा सिमेन्ट उद्योगले निर्यात थालेको हो । 

यो उद्योगले शुक्रबार रूपन्देहीको बेलहिया (सुनौली) नाका हुँदै भारतमा सिमेन्ट पठाएको हो । उद्योगले आयोजना गरेको कार्यक्रममा सुनवल नगरपालिकाकी मेयर विमला अर्यालले सिमेन्ट बोकेर भारत जान लागेका ट्रकलाई बिदाइ गरेकी हुन् ।

उद्योगीहरुले लामो समयदेखि माग गर्दै आएको ‘निर्यात अनुदान’ यसपालीबाट सरकारले दिने भएपछि सिमेन्ट निर्यात सुरु भएको हो । सरकारले सिमेन्ट निर्यातमा ८ प्रतिशत अनुदान दिने भएको छ । 

आज ३ हजार बोरा सिमेन्ट भारत पठाईएको जनाईएको छ । 

पाल्पा सिमेन्ट उद्योगले ‘तानसेन’ ब्राण्डको सिमेन्ट उत्पादन गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved