बडवाइजर बियर उत्पादक राज ब्रुअरीको सोलार रुफटप परियोजना राष्ट्रिय ग्रिडमा जडान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2023 | 07:24:46 PM मा प्रकाशित

laxmi  sunrise bank

बडवाइजर बियरको उत्पादक राज ब्रुअरी र सिम्पल इनर्जीले नवलपरासी स्थित राज ब्रुअरीमा सोलार रूफटपमा जडान गरिएको सोलारको बिजुली राष्ट्रिय प्रस्रण लाइनमा जोडिएको छ ।  कम्पनीका अनुसार यो  परियोजना राष्ट्रिय ग्रिडमा  जडान गरिएको  अहिलेसम्मकै सबैभन्दा ठूलो रूफटप सोलार परियोजना हो।

त्यसका साथै यो नेपालको ब्रुअरी उद्योगमा पनि पहिलो सोलार परियोजना हो। राज ब्रुअरीले सोलारबाट उत्पादन भएको उर्जाले आफ्नो कारखाना संचालन गर्ने र अतिरिक्त उर्जा राष्ट्रिय ग्रिडबाट वितरण हुने कम्पनीले जनाएको छ। 

प्राइभेट इन्फ्रास्ट्रकचर डेभलपमेन्ट ग्रुप, इन्फ्राको एसिया, र सरल उर्जा नेपालको संयुक्त लगानीमा सिम्पल इनर्जीले रुफटप सोलार सिस्टमको  डिजाइन, स्थापना र सञ्चालन गरेको हो। उक्त ५०० किलोवाटको सोलार परियोजनाले वार्षिक लगभग ८४४ मेगावाट आवर स्वच्छ उर्जा उत्पादन गर्दछ ।   

समारोहमा बोल्दै राज ब्रुअरीका प्रबन्ध निर्देशक राज बहादुर शाहले ब्रुअरीको उर्जा  आवश्यकताहरू पूरा गर्न सोलार रूफटप स्थापना गरी  कार्बन फुटप्रिन्ट घटाउनु एक जिम्मेवार संस्थागत नागरिकको स्वच्छ संसार तर्फको प्रयास भएको  बताए।  सिम्पल इनर्जीका प्रमुख कार्यकारी अधिकृत अपार न्यौपानेले यो प्रोजेक्ट स्वच्छ ऊर्जा र नाफा सँगसँगै जान सक्छ भन्ने उदाहरण भएको बताए। त्यसका साथै सिम्पल इनर्जीले आगामी दिनहरुमा महिलाहरुलाई सोलार रुफटप सेटअप गर्न प्रशिक्षण दिई राष्ट्रिय अर्थतन्त्र तथा वातावरण संरक्षणमा योगदान पुर्याउने बताए ।    

जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजका समूह कार्यकारी निर्देशक शशिन जोशीले  ब्रुअरीका लागि सोलार उर्जा  स्थापना गर्न पाउँदा खुसी भएको र  यसरी नै जावलाखेल ग्रुप अन्तर्गतका  अरु कम्पनीहरुमा पनि सोलार उर्जा प्रयोग गर्ने योजना रहेको बताए । यस्ता अभ्यासहरु जारी राख्दै जावलाखेल ग्रुप वातावरण संरक्षणमा सधैँ अग्रसर रहने प्रतिबद्धता जनाए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved