गर्भनरको आश्वासनले हौसिएका घरजग्गा व्यवसायीले जेठमा कारोबार बढाए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 16, 2023 | 02:15:27 PM मा प्रकाशित

laxmi  sunrise bank

जेठ महिनामा घरजग्गा कारोबारमा सुधार आएको छ । बैशाख महिनाको तुलनामा जेठमा १२ हजार ६०८ वटा लिखत पारित बढेका छन् । 

भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार जेठमा देशभरका मालपोत कार्यालयहरुबाट ५५ हजार ६९ लिखत पारित भएको छ । वैशाखमा ४२ हजार ४६१ लिखत पारित भएका थिए । 

जेठमा महिनामा भएको लिखत पारित चालु आर्थिक वर्षकै सबैभन्दा हो । सरकारले कित्ताकाटलाई सहज बनाउने प्रक्रिया थालेपछि घरजग्गा कारोबार बढेको हो । 

जेठ महिनामा भएका घरजग्गा किनबेचबाट ३ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलन भएको छ । वैशाखमा ३ अर्ब ६८ करोड राजस्व संकलन भएको थियो ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमार्फत भूउपयोग नियमावलीले रोकिएको कित्ताकाट पुरानै अवस्थाबाट खुलाउने घोषणा गरेपछि हौसिएका घरजग्गा व्यवसायी राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले मौद्रिक नीतिमार्फत घरजग्गा कारोबारलाई सहज बनाउने आश्वासन दिएपछि थप हौसिएका छन् । गभर्नर अधिकारीले जग्गा तथा आवास विकास महासंघका पदाधिकारीलाई बोलाएर निर्माण क्षेत्रलाई चलायमान बनाउन पनि घरजग्गा क्षेत्रलाई खुकुलो बनाउने नीति ल्याउने आश्वासन दिएपछि व्यवसायीहरु हर्षित भएका हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved