भूतप्रेत भगाउन भन्दै उदयपुर सिमेन्टमा तान्त्रिक पूजा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2023 | 12:13:51 PM मा प्रकाशित

laxmi  sunrise bank

उद्योग लगातार लगातार घाटामा गएपछि र नियुक्ति पाएर आउने नेतृत्व पनि टिक्न छोडेपछि उदयपुर सिमेन्ट उद्योगमा तान्त्रिक पूजा लगाइएको छ । भूतप्रेत भगाउन भन्दै उद्योगमै कार्यरत एक महिला कर्मचारी ‘तान्त्रिक माता’ ले पूजा गरेकी हुन् । 

उदयपुर सिमेन्टका निर्देशक बालकृष्ण भट्टराईले फेसबुकमा तान्त्रिक पूजाको फोटो पोष्ट गर्दै भूतप्रेत आदिको कुनै दोष वा बाधा भए ती बाधा हटाउने गरी तान्त्रिक माताले आफ्नो तान्त्रिक शक्तिको प्रयोग गरेको उल्लेख गरेका छन् । 

“हाम्रै उद्योग परिवार भित्र एक जना तान्त्रिक माता हुनुहुँदो रैछ १ आज उनै माताले हाम्रा यावत प्लान्ट एण्ड मेशिनरीको निरन्तर सुसञ्चालन, थप कार्यदक्षता र जीवन्तता हेतु विभिन्न अनिष्ट, भूतप्रेत आदिको कुनै दोष वा बाधा भए ती सबै व्यावधान मेटाउने गरी आफ्नो तान्त्रिक शक्तिको यहाँ प्रयोग गरिदिनु भयो” भट्टराईले फेसबुकमा लेखेका छन् । 

तान्त्रिक पूजाका क्रममा उद्योगका पदाधिकारी, कर्मचारी तथा मजदुर पनि सहभागी भएका थिए । 

उदयपुर सिमेन्ट उद्योगका महाप्रवन्धक गोपीकृष्ण न्यौपाने सोमबार मात्रै पदबाट राजीनामा दिएका थिए ।

यो सिमेन्ट उद्योग लगातार घाटामा छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved