प्रयोग नै नगरेको बिद्युतको पैसा तिर्नुपरे उद्योगको चाबी सरकारलाई दिने चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2023 | 09:33:32 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले बिद्युतको लाइन काटेको बिषयलाई लिएर उद्योगीहरु आन्दोलित भएका छन्। प्रयोग नै नगरेको बिद्युतको पैसा तिर्नुपरे उद्योगको तालाचाबी सरकारलाई नै सुम्पिने उद्योगीहरुले चेतावनी दिएका छन्। 

नेपाल बिद्युत प्राधिकरणले दाबि गरेको बिद्युत उद्योगहरुले प्रयोग गरेको प्रमाण दिन सके आफुहरुले त्यसको पैसा तिर्ने उद्योगीहरुको भनाई छ। तर प्रयोग नै नगरेको बिद्युतको पैसा कुनै पनि हालतमा आफुहरुले नतिर्ने उनीहरुको भनाई छ। "तिर्नुपर्ने प्रमाण देखाए पैसा तिर्छौं तर प्रमाण बीना नै शुल्क तिर्न लगाए चाबी नै सरकारलाई बुझाउछौ" एक उद्योगीले बिजपाटीसँगको कुराकानीमा भने। 

त्यस्तै बक्यौता नतिरेको आरोपमा लाइन काटिएका चापर्ने र उद्योग मध्येका एक उद्योगी शाहील अग्रवालले प्राधिकरणले डेडीकेटेड फिडर र ट्रंक लाइनबाट बिद्युत प्रयोग गरेको प्रमाण दिए पैसा तिर्न तयार रहेको तर प्रयोग नै नगरेको बिद्युतको पैसा तिर्नुपरे सरकारलाई ताला चाबि बुझाउने चेतावनी दिएका छन्। 

बिद्युत महसुल नतिरेको आरोपमा उद्योगी व्यवसायी शाहील अग्रवालले संचालन गरिरहेको जगदम्बा स्टिल्सको लाइन हिजो शुर्कबार बेलुका काटिएको थियो।  सन् १९९४ मा स्थापना भएको जगदम्बा स्टिलले नेपाल सरकारलाई अर्थात बिद्युत प्राधिकरणलाई वार्षिक २ अर्ब पैसा तिर्दै आएको छ। 

प्राधिकरणकाअनुसार जगदम्बा स्टिलले ४ अर्ब १४ करोड, रिलायन्स स्पिनिङले १ अर्ब ९४ करोड, घोराही सिमेन्टले १ अर्ब ३६ करोड, अर्घाखाँची सिमेन्टले १ अर्ब ३० करोड महसुल बक्यौता तिर्न बाँकी छ। यहि महसुल नतिरेकाले यिनीहरुको लाइन काटिएको हो।  बिद्युत प्राधिकरणले हिजो बेलुका बिहिबार जगदम्बा स्टिल्स  सहित अन्य तीन उद्योगहरु रिलायन्स स्पिङ्ग, घोराही सिमेन्ट, अर्घाखांची सिमेंटको लाइन काटेको थियो। 

प्राधिकरणका उपकार्कारी निर्देशक तथा प्रवक्ता मनोज् सिलवालले पहिलो चारणमा सबै भन्दा धेरै बक्यौता भएकै उद्योगहरुबाट लाइन काट्न सुरु गरेको र बक्यौता नतिर्ने अन्य उद्योगको पनि लाइन काट्ने बताए। 

यस अघि: 

प्रचण्ड देखाएर कुलमानको दादागिरी, फर्जी बक्यौता नतिर्दा काटियो ४ उद्योगको लाइन
फर्जी बिल काटेको भन्दै कुलमानविरुद्ध निजी क्षेत्रका ३ वटै संगठन एकजुट
उद्योगीसँग अर्बौ बक्यौता माग्ने कुलमान प्राधिकरणकै सूचना किन देख्दैनन् ?
उद्योगीहरुको दाबी, ‘प्राधिकरणको अन्याय विदेशतिर हुन्थ्यो भने खोरमा जाकिन्थ्यो’
उद्योगीले तिर्नै नपर्ने पैसा माग्दै कुलमान, हेर्नुस् ६ तथ्य
 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved