पिपुल्स पावरको आईपीओ बाँडफाँड आज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 28, 2022 | 08:30:37 AM मा प्रकाशित

laxmi  sunrise bank

पिपुल्स पावर लिमिटेडले निष्काशन गरेको आईपीओ आज आईतबार बाँडफाँड हुँदैछ । बिक्रि प्रबन्धक प्रभु क्यापिटलले आइतबार दिउँसो २ बजे शेयर बाँडफाँड गर्ने गरी समय तोकेको छ । 

कम्पनीले साउन ३१ गतेदेखि  भदौ ५ गतेसम्म सर्वसाधारणलाई आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई २४ लाख ६७ हजार ४ सय कित्ता शेयर निष्काशन गरेको हो । 

जस मध्ये ४९ हजार ३ सय ४८ कित्ता कर्मचारीको लागि छुट्याईएको छ भने १ लाख २३ हजार ३ सय ७० कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याईएको थियो । बाँकि रहेको २२ लाख ९४ हजार ६ सय ८२ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका छन् । 

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई जेठ २७ मा शेयर निष्काशनको लागि अनुमति दिएको थियो । बोर्डले कम्पनीलाई आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणलाई गरि ३१ करोड बराबरको ३१ लाख  कित्ता शेयर निष्काशन गर्ने अनुमति प्रदान गरेको हो । 

पिपुल्स पावरले इलामको इलाम नगरपालिकामा अवस्थित पुवाखोलामा ४.९६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved