इस्टर्न हाइड्रोपावर लिमिटेडको आईपिओ बाँडफाँड मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 01, 2022 | 03:12:17 PM मा प्रकाशित

laxmi  sunrise bank

इस्टर्न हाइड्रोपावर लिमिटेडको निष्काशन गरेको आईपिओ कार्तिक १८ गते शुक्रवार बाँडफाँड हुने भएको छ । बिक्रि प्रबन्धक एनएमबि क्यापिटलका अनुसार शुक्रवार कुनै उपयुक्त समयमा शेयर बाँडफाँड गर्ने तयारी गरेको हो । इस्टर्न हाइड्रोपावर लिमिटेडको  आइपीओ प्रि-अलोटमेन्ट आज कार्तिक १५ गते मंगलवार हुने भएको छ ।

कम्पनीले असोज २८ गतेदेखि सर्वसाधारणलाई आईपिओ बिकी खुला गरेको थियो। कम्पनीले स्थानीयलाई बिक्रि गर्दा बिक्रि नभएको ५० हजार ३ सय १० कित्ता समेत जोडेर सर्वसाधारणलाई ६ लाख ७० हजार ३ सय १० कित्ता शेयर निष्काशन गरेको थियो। जस मध्ये ३३ हजार ५ सय १५ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ भने १३ हजार ४ सय ६ कित्ता शेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको हो । बाँकि रहेको ६ लाख २३ हजार ३ सय ८९ कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिन सक्ने ब्यबस्था गरिएको हो। 

कम्पनीले आयोजना प्रभावितलाई निष्काशन गरेको आईपिओ असोज ९ गते आइतबार बाँडफाँड गरेको थियो । कम्पनीले भदौ ७ गतेदेखि  भदौ २८ गतेसम्म  भोजपुर जिल्लाका आयोजना प्रभावित स्थानीयलाई शेयर निष्काशन गरेको थियो ।

कम्पनीले भोजपुर जिल्लामा ५ मेगावाटको पिखुवा खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । त्यस्तै भोजपुर मै १४.१ मेगावटको इर्खुवा जलविद्युत आयोजनाको सर्भे गरिरहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved