सगरमाथा जलविद्युत कम्पनीको आईपीओ बाँडफाँड, ५१ हजार ८ सय जनाको आवेदन रद्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2023 | 03:28:39 PM मा प्रकाशित

laxmi  sunrise bank

सगरमाथा जलविद्युत कम्पनीले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको  छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज शुक्रबार दिउँसो शेयर बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार कम्पनीको आईपिओमा कुल १४ लाख ४४ हजार ९७८ जनाको आवेदन परेको थियो । जस मध्ये ५१ हजार ८२५ जनाको आवेदन रद्द भई योग्य आवेदकको संख्या १३ लाख ९३ हजार १५३ कायम भएको क्यापिटलले जनाएको छ । मागभन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर निष्काशन गरिएको छ । गोलाप्रथाबाट ३ लाख ५८ हजार १ सय ७६ जनाले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदक भने हात खाली भएका छन् ।

आईपिओको नतिजा केहि समयपछि प्रकाशन हुने भएको छ । प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट आईपिओ नतिजा हेर्न सकिने छ । जस अनुसार बिक्रि प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट https://www.prabhucapital.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट  हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।  

कम्पनीले चैत्र ८ गतेदेखि चैत्र १२ गतेसम्म शेयर निष्काशन गरेको थियो । कम्पनीले  सर्वसाधारणलाई ४३ लाख ६८ हजार कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये २ लाख १८ हजार ४ सय कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो भने १ लाख ३१ हजार ४० कित्ता कम्पनीका कर्मचारीको लागी छुट्याईएको थियो। बाँकि रहेका ३५ लाख ८१ हजार ७ सय ६० कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिएका हुन्।  कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय र विदेशमा रहेका नेपाली श्रमिकलाई शेयर निष्काशन गरि बाँडफाँड गरि सकेको छ ।   

कम्पनीले इलाम जिल्ला इलाम नगरपालिका वार्ड नं. २, ३ र ५ स्थित माई खोलामा सुपरमाई जलविद्युत ‘ए’ आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ । आयोजनाको क्षमता ९.६ मेगावाट रहेको छ । आयोजनाले २०७७ जेष्ठ ३२ देखि जलविद्युत उत्पादन शुरु गरिसकेको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved