सिटिजन्स बैंकको सञ्चालकमा ईला शर्मा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 09, 2024 | 10:39:58 AM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेशलले सञ्चालकमा ईला शर्मालाई नियुक्त गरेको छ ।

कम्पनीको गत बैशाख २६ गते बसेको सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागू हुने गरि उनलाई सञ्चालकमा नियुक्त गरेको हो ।

उनी यसअघि निर्वाचन आयोगकी पूर्व निर्वाचन आयुक्त हुन् । उनको अन्तरराष्ट्रिय व्यापार, कानून, जनसम्पर्क, शिक्षा र विकास लगायत क्षेत्रमा साढे ३ दशक काम गरेको अनुभव छ  ।

यसैगरी, सोही बैठकले सिता कार्की(केसी) ले सञ्चालक पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved