एक्यानद्वारा गभर्नर अधिकारीसहित ३ जनालाई सम्मान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 09, 2024 | 10:08:29 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली चार्टर्ड एकाउन्टेन्टहरुको छाता संगठन नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ (एक्यान)ले विभिन्न ३ जना व्यक्तित्वहरुलाई सम्मान गरेको छ । एक्यानले आयोजना गरेको  राष्ट्रिय सम्मेलनको क्रममा एक्यानले उनीहरुलाई सम्मान गरेको हो।

एक्यानले बरिष्ठ नेत्र विशेषज्ञ डा. सन्दुक रुइत, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाललाई सम्मान गरेको हो । उनीहरुले आ-आफ्नो क्षेत्रमा गरेको योगदानको कदर गर्दै सम्मान गरिएको एक्यानले जनाएको छ । कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई सम्मान गरेका हुन् ।

एक्यानले देशले भोगिरहेको आर्थिक सङ्कटको समाधानका विषयमा बहस गर्न राष्ट्रिय सम्मेलन गरेको  । आज चैत्र २७ गते बिहीबार हुने 'Crisis to Rise, unlocking Economic Potential in Disguise' विषय दिइएको सो सम्मेलनमा देशमा विद्यमान आर्थिक संकट र त्यसका समाधान विषयमा खास बहस हुने एक्यानले जनाएको छ ।

सो कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका छन्। उद्घाटन सत्रमा अर्थमन्त्री बर्षमान पुन, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, शिक्षामन्त्री सुमना श्रेष्ठ लगायतले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको एक्यानले जनाएको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved