ह्वात्तै घट्यो राष्ट्रिय बीमा कम्पनीको नाफा, यस्ता छन् अन्य सूचक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 09, 2024 | 10:23:18 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय बीमा कम्पनीको खुद नाफा घटेको छ ।

कम्पनीले बिहीबार प्रकाशित गरेको चालू आर्थिक वष २०८० ०८१ तेस्रो त्रैमासिक विवरण अनुसार कम्पनीको खुद नाफा २४.७८ प्रतिशतले घटेको हो ।  

कम्पनीले चालू  आवको तेस्रो त्रैमास सम्ममा ५१ करोड ६३ लाख ३६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोहि अवधिमा कम्पनीको यस्तो नाफा ६८ करोड ६४ लाख ३७ हजार रुपैयाँ थियो । 

तेस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब १५ करोड ४७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । कम्पनीले हालसम्म दिर्घकालिन लगानीका रुपमा १ अर्ब ३४ करोड रुपैयाँ लगानी गरेको छ । अल्पकालिन रुपमा कम्पनीले ६ अर्ब ७६ करोड रुपैयाँ लगानी गरेको वित्तीय विवरणमा उल्लेख छ । 

कम्पनीको प्रतिशेयर आम्दानी २५.१९ रुपैयाँ,  प्रतिशेयर नेटवर्थ १ हजार ६११.२९ रुपैयाँ, तरलता अनुपात ३.४३ र प्रतिशेयर कुल सम्पत्ती २५३.१८ रुपैयाँ छ । कम्पनीको चुक्तापूँजी २६ करोड ६६ लाख रुपैयाँ छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved