माघ ३ को लगानी रणनीति: एनसीसी सहित यी ५ संस्थाको सेयरमा लगानीले फाइदा दिन सक्छ !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2019 | 10:58:29 AM मा प्रकाशित

laxmi  sunrise bank

बुधबारको कारोबारमा बजार परिसूचक नेप्से ७।५७ अंकले घटेर ११८७।९७ को बिन्दुमा झरेको छ। परिसूचक घटेपनि सेयरबजारमा कारोबार रकम र भोलुम अघिल्लो दिनको तुलनामा बढेको छ। ५३ करोड ६ लाखको सेयर किनबेचले सेयरलगानीकर्ताको बजारमा सक्रियता बढिरहेको बुझ्न सकिन्छ। 

तीन उपसूचक हाइड्रोपावर, उत्पादन र कारोबार सूचक उकालो लाग्दा बैंकिङ लगायत अन्य सूचकहरु घटेका छन। बुधबारको कारोबारमा एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था, बुटवल पावर कम्पाई लिमिटेड, मिसन डेभलपमेन्ट बैंकको सेयर आफ्नो समुहमा कम्जोर पर्फर्मेन्स रह्यो।

त्यस्तै अपर तामाकोशी, महुली सामुदायिक लघुवित्त वित्तीय संस्था, नेपाल हाइड्रो डेभलपरको सेयर मुल्य आफ्नो समुहमा राम्रो प्रदशन रह्यो। त्यस्तै माछापुच्छ्रे बैंक, समता माइक्रोफाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंकको सेयर मुल्यमा बुधबारको कारोबारमा तिब्र उतारचढाब रह्यो।

अपर तामाकोशी र नेपाल हाइड्रो डेभलपरका सेयरधनीले बुधबारको कारोबारमा धेरै कमाए।




महत्त्वपूर्ण बजार समाचार:

एनआईसी एसियाको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, खुद मुनाफा १६३ प्रतिशतले बढेर १ अर्ब ५१ करोड पुगेको

-सेन्चुरी कमर्शियल बैंकको साधारणसेयरको कट अफ मुल्य १६५ रुपैयाँ र संस्थापक सेयरको १०५ रुपैयाँ तय

-अपर तामाकोशीको सेयरमा सर्वाधिक आकर्षण 

-सिटि एक्सप्रेस फाइनान्सको दोस्रो त्रैमासको रिपोर्ट सार्वजनिक 

- एनएमबि माइक्रोफाइनान्सको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक 

-ग्लोबल आइएमई बैंक र ईक्यानबीच सम्झौता 

- राष्ट्रिय बाणिज्य बैंकको शाखा धनगडी -७ क्याम्पसचोकमा , पोखराको बाराहीमा 

 मुख्य घटना 

-पांचथर पावर कम्पनीको ९ लाख ६२ हजार ५०० कित्ता आइपीओ स्थानीयलाई बिक्रि खुला 

-साना किसान विकास बैंकको १७ औं बार्षिक साधारणसभा प्रयोजनार्थ बुक क्लोक, २५ प्रतिशत बोनस प्रस्तावित

 




उत्कृष्ट ५ स्क्रिप्ट प्राइसिंग ले हिजोको कारोबारको आधारमा आज कुन कुन कम्पनीको सेयरमुल्य तुलानाताम्क रुपमा बढी मुल्यमा, कम मुल्यमा र फेयर मुल्यमा कारोबार भएको छ भन्ने बुझाउँछ।

यसबाट लगानीकर्ताले आफुसंग भएको कम्पनीको सेयर 'अन्डर प्राइस' क्यातोगोरीमा छ भने भोलि यसको मुल्य बढ्न सक्ने प्रक्षेपण गर्न सक्छन भने 'ओभर प्राइस' क्याटोगोरीमा भएका कम्पनीको सेयर मुल्य भोलिका दिन घट्न सक्छ आजै बेचेर प्रोफिट बुक गर्दा बढी फाइदा लिन सकिन्छ भन्ने बुझाउछ।

आजको सेयरकारोबारमा एनसीसी सहित ५ बैंकको सेयरमल्य अन्डरप्राइसको सुचिमा छन। भने स्ट्याण्डर्ड चार्टड सहित ५ बैंकको सेयर महँगो सुचिमामा छन ।




ट्रेडेड स्क्रिप्ट स्त्याट्स अन्तर्गत तपाइँहरुले सम्बन्धित दिनमा कुल कारोबार भएका कम्पनीहरु र तिनीहरुको सेयर मुल्यको बारे जानकारी लिन सक्नुहुन्छ। यसमा देखाइएको रातो रंगले कारोबार आएका कुल कम्पनी मध्ये सेयर मुल्य घटेको देखाउछ भने निलो रगले कारोबारमा आएपनि सेयरमुल्यमा कुनै परिवर्तन नआएको जनाउँछ त्यस्तै हरियो रंगले सेयरमुल्य बढेको बुझाउँछ। त्यस्तै कालो रंगले सुचिकृत भएका तर कारोबारमा नआएका कम्पनी भन्ने बुझाउछ।





आउटलुकको अर्थ आज सेयर बजारको रुप कस्तो हुन्छ, बजार घट्छ वा बढ्छ भन्ने एउटा प्रक्षेपणको सूचक मात्र हो। यसमा देखाइएको रातो रंगले बजार आज घट्न सक्छ भन्ने बुझाउछ भने हरियोले बढ्न सक्छ भन्ने बुझाउँछ। आजको कारोबारमा नेप्से परिसूचक घट्ने प्रक्षेपण गरिएको छ।
नोट: बजार संक्षेप (मार्केट समरी) समयमै अपडेट भएका बजारका सूचकहरुलाई आधार मानेर तयार गरिएको हो। अघिल्लो दिनको कारोबारको आधारमा सम्बन्धित दिनको बजार संक्षेप तयार गरिएको हो। जानकारी र यसमा उल्लेख तथ्यांक सेयर लगानीकर्तालाई लगानीको निर्णय लिनलाई सहज होस भन्ने उदेश्यले मात्र प्रकाशन गरिएको हो तर यसमा उल्लेख सूचना जानकारी र सुझाबहरु नै सबैथोक होइनन। यस बजार संक्षेपमा उल्लेख सूचना र जानकारीको आधारमा गरिएका लगानीको निर्णय र त्यसको प्रभाबबारे केसीएल अस्टुट क्यापिटल र बिजपाटी डटकम उत्तरदायी हुने छैनन।

Source: KCL ASTUTE CAPITAL RESEARCH TEAM

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved