फागुन २८ को रणनीति: प्रभु बैंक सहित ५ संस्थाको सेयर 'सस्तो' सुचिमा, मिथिला लघुवित्तको एजिएम तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2019 | 11:40:42 AM मा प्रकाशित

laxmi  sunrise bank

सोमबारको कारोबारमा बजार परिसूचक नेप्से १४.२८ अंकले बढेर ११४२.९३ को बिन्दुमा उक्लिएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम समेत बढेर ४० करोड २८ लाख पुगेको छ। 

नेप्से दोहोरो अंकले बढ्दा अन्य उप्सुचक बाहेकका सम्पूर्ण समुहगत सूचकहरु बढेर हरिया भएका छन। जसमा निर्जिबन बीमा, हाइड्रोपावर र बैंकिंग समुह क्रमश; ७९.७२, २७.९७ र १७.१८ अंकले बढेका छन। 

बरुण हाइड्रोपावर, दिब्य्शोरी हाइड्रोपावर र रैरांग हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मुल्य आफ्नो समुहमा धेरैले घटेको छ भने निर्धन उत्थान लघुवित्त वित्तीय संस्था, नेशनल हाइड्रोपावर कम्पनी, न्यादी हाइड्रोपावरको सेयर मुल्य आफ्नो समुहमा धेरैले घटेको छ।  त्यस्तै हिमालयल पावर पार्टनर, अरुण काबेलि पावर, नेशनल हाइड्रोपावरको सेयरमुल्यमा सोमबारको कारोबारमा तिब्र उतारचढाब रह्यो। 

नेपाल धितोपत्र बोर्डले सेयरबजारमा बैकल्पिक लगानीलाई प्रोत्साहन हुनेगरि  “विशिष्टिकृत लगानी कोष नियमावली, २०७५” लागू गरेको छ। त्यस्तै सेयरबजारसंग सम्बन्धित दबाब समुहले अर्थमन्त्री ड़ा युबराज खतिवडाको राजीनामालाई मुख माग राखेर चैत ९ देखि आन्दोलन गर्ने घोषणा गरेको छ।


महत्त्वपूर्ण बजार समाचार 

-शाइन रेशुन्गा र पुर्णिमा विकास बैंकबीच गाभ्ने गाभिने सम्बन्धमा हस्ताक्षर, पुर्णिमाको सेयर कारोबार रोक्का 

-नेपाल इन्भेष्टमेन्ट बैंकले जेबिल फाइनान्सलाई प्राप्त गर्नेबारे सम्झौता, 

-मिथिला लघुवित्त वित्तीय संस्थाको २३ औं बार्षिक साधारणसभा चैत १० मा, १०.४५ प्रतिशत बोनस प्रस्ताब, 

-नेपाल क्लियारिंग हाउस एनसीएचएल मार्फत सानो भुक्तानी अब रियल टाइममा, यसअघि एकै बैंकको कारोबार मात्र रियल टाइममा हुन्थ्यो


आजका महत्वपूर्ण घटना 

-स्पर्श लघुवित्त वित्तीय संस्थाको २ लाख ६९ हजार ६३० कित्ता आइपीओ बिक्रिमा

-माउन्टेन हाइड्रोको आइपीओमा आबेदन दिने आज अन्तिम दिन, १७ लाख ३९ हजार ७८८ कित्ता आइपीओ बिक्रिमा 



उत्कृष्ट ५ स्क्रिप्ट प्राइसिंग ले हिजोको कारोबारको आधारमा आज कुन कुन कम्पनीको सेयरमुल्य तुलानाताम्क रुपमा बढी मुल्यमा, कम मुल्यमा र फेयर मुल्यमा कारोबार भएको छ भन्ने बुझाउँछ।

यसबाट लगानीकर्ताले आफुसंग भएको कम्पनीको सेयर 'अन्डर प्राइस' क्याटोगोरीमा छ भने भोलि यसको मुल्य बढ्न सक्ने प्रक्षेपण गर्न सक्छन भने 'ओभर प्राइस' क्याटोगोरीमा भएका कम्पनीको सेयर मुल्य भोलिका दिन घट्न सक्छ आजै बेचेर प्रोफिट बुक गर्दा बढी फाइदा लिन सकिन्छ भन्ने बुझाउछ।

आजको सेयरकारोबारमा नेपाल बैंक सहित ५ बैंकको सेयरमल्य अन्डरप्राइसको सुचिमा छन। भने एभरेस्ट सहित ५ बैंकको सेयर महँगो सुचिमामा छन।



आउटलुकको अर्थ आज सेयर बजारको रुप कस्तो हुन्छ, बजार घट्छ वा बढ्छ भन्ने एउटा प्रक्षेपणको सूचक मात्र हो। यसमा देखाइएको रातो रंगले बजार आज घट्न सक्छ भन्ने बुझाउछ भने हरियोले बढ्न सक्छ भन्ने बुझाउँछ। आजको कारोबारमा नेप्से परिसूचक बढ्ने प्रक्षेपण गरिएको छ।
नोट: बजार संक्षेप (मार्केट समरी) समयमै अपडेट भएका बजारका सूचकहरुलाई आधार मानेर तयार गरिएको हो। अघिल्लो दिनको कारोबारको आधारमा सम्बन्धित दिनको बजार संक्षेप तयार गरिएको हो। जानकारी र यसमा उल्लेख तथ्यांक सेयर लगानीकर्तालाई लगानीको निर्णय लिनलाई सहज होस भन्ने उदेश्यले मात्र प्रकाशन गरिएको हो तर यसमा उल्लेख सूचना जानकारी र सुझाबहरु नै सबैथोक होइनन। यस बजार संक्षेपमा उल्लेख सूचना र जानकारीको आधारमा गरिएका लगानीको निर्णय र त्यसको प्रभाबबारे केसीएल अस्टुट क्यापिटल र बिजपाटी डटकम उत्तरदायी हुने छैनन।
Source: KCL ASTUTE CAPITAL RESEARCH TEAM

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved