जनउत्थान सामुदायिक लघुवित्तका अध्यक्ष बिश्वकर्माद्वारा शपथ ग्रहण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2020 | 05:50:54 PM मा प्रकाशित

laxmi  sunrise bank

जनउत्थान सामुदायिक लघुवित्त Janautthan Samudayic Laghubitta Bikas Bank Limited  का नव-निर्वाचित अध्यक्ष बाबुराम बिश्वकर्माले पद तथा गोपनीयातको शपथ ग्रहण गरेका छन् । अध्यक्ष बिश्वकर्माले बुधबार नेपाल राष्ट्र बेंकका भैरहवास्थित सिद्धार्थनगर कार्यलयका निर्देशक रजेन्द्र भट्टराईसंग शपथ ग्रहण गरेका हुन् । 

शपथ ग्रहण गर्दै अध्यक्ष बिश्वकर्माले प्रचलित कानून तथा राष्ट्र बैंकको नियमन र निर्देशनको अधीनमा रही वित्तीय प्रणालीको सम्बद्र्धन तथा संस्थाको हितलाई सदैव ध्यानमा राखी आफ्नो कर्तव्य इमान्दारीताका साथ पालना गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको जनाइएको छ । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेलको पनि उपस्थिती रहेको थियो ।

संस्थाले १९ वटा जिल्लाका ३९ वटा शाखा कार्यालयहरु मार्फत सेवा दिदै आइरहेको छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved