नेशनल लघुवित्तका अध्यक्ष सिजापतिले लिए सपथ, संचालक समितिमा ६ जना नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 25, 2023 | 05:31:44 PM मा प्रकाशित

laxmi  sunrise bank

समिट र नेशनल माइक्रोफाइनान्स मिलेर बनेको नेशनल लघुवित्त वित्तीय संस्थाका अध्यक्षले सपथ लिएका छन्। नेशनलका अध्यक्ष रबिन सिजापतिले नेपाल राष्ट्र बैंक बैंक वित्तीय सँस्था नियमन विभाग प्रमुख ड़ा गुणाकर भट्टबाट अध्यक्षको सपथ लिएका हुन्। 

समिटसँगको मर्जर तथा प्राप्तिअघिको नेशनल माइक्रोफाइनान्सको अध्यक्ष रहेका केशब प्रसाद आचार्यले काम बिशेषले नेपाल बाहिर रहेकाले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिनियर डेपुटी जेनेरल म्यानेजर सिजापतिले नेशनल लघुवित्तको अध्यक्षको रुपमा सपथ ग्रहण गरेका हुन्। 

त्यस्तै समिट र नेशनल माइक्रो मिलेर बनेको नेशनल लघुवित्तको संचालक समिति सदस्य समेत चयन भएका छन्।  तत्कालिन नेशनल लघुवित्तबाट केशब प्रसाद आचार्य, रबिन सिजापति, क्षितिज खड्का र नरेन्द्र सतकुटी र समिटबाट तिर्थराज ढकाल र प्रजित्त कुमार रेग्मी चयन भएका छन्। 

धादिङमा केन्द्रीय कार्यालय रहेको नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र बनेपामा केन्द्रीय कार्यालय रहेको समिट लघुवित्त वित्तीय संस्था वीच मर्ज भई यहि २०८० साल असार ३० गतेका दिन नेशनल लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबारको शुभारम्भ भएको हो। 


 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved