लघुवित्तका कर्मचारीमाथि फिल्ड मै आक्रमण, सेवा सञ्चालन गर्ने वातावरण बनाउन संघको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2023 | 02:59:03 PM मा प्रकाशित

laxmi  sunrise bank

लघुवित्त कम्पनीका कर्मचारीमाथि आक्रमण भएकोमा नेपाल लघुवित्त बैंकर्स संघले आफ्नो गम्भीर ध्यानकर्षण भएको जनाएको छ । लघुवित्तका कर्मचारीमाथि आक्रमण गर्ने खालका गतिविधि तत्काल नियन्त्रण गरि निर्वाध रुपमा सेवा संचालन गर्ने वातावारण बनाईदिन संघले आग्रह गरेको छ ।

संघका अनुसार साउन १९ गते नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाका कर्मचारी सन्तोष पौडेलमाथि म्याग्दीमा आक्रमण भएको थियो । म्याग्दी जिल्ला बेनी नगरपालिका बडा नं. ०९ कोसेपानी घतान स्थित केन्द्र नम्बर ०४७ सञ्चालन गर्न जादा केन्द्र सदस्य मन कुमारी सुनुवारका छोरा अन्दाजि बर्ष २६- २७ का सुजन बि.क.ले एक्कासी 'कर्मचारी संतोष पौडेल उपर सांघातिक आक्रमण गरेको र गालिगलोज गरि बेइज्जति समेत गरेको संघले जनाएको छ ।  

विगत केहि महिना देखि अवैधानिक रुपमा संचालित लघुवित्त विरुद्द अभियानले लघुवित्त वित्तीय संस्थाहरुको नियमित कामकारवाहिलाई बाधा पुऱ्याउने, कर्मचारीहरुलाई धम्कि दिने / हातपात गर्ने, कार्यालयमा ताल्चा लगाउने, संस्था तथा कर्मचारी उपर अनावश्यक आक्षेप लगाउने जस्ता कार्यहरु भइरहेको प्रति पनि संघले सम्बन्धित निकायको ध्यानकर्षण जनाएको छ।  यस प्रकारका अवाञ्छित गतिविधिहरुलाई तत्काल नियन्त्रण गरि अत्यावश्यक सेवा अन्तर्गत रहेको वित्तीय सेवा नियमित रुपमा सञ्चालन गर्ने वातावरण निर्माण गरिदिन यो संघ नेपाल सरकार, नेपाल राष्ट्र बैंक, स्थानीय सरकार तथा सम्वन्धित अन्य निकायहरु समक्ष संघले अनुरोध गरेको छ ।

संघले भनेको छ 'यस्ता अवाञ्छित गतिविधिबाट एकातिर ग्राहक सदस्यहरुले सहज रुपमा पाइरहेको वित्तीय सेवामा अवरोध आउने देखिन्छ भने अर्को तर्फ निक्षेपकर्ताहरुको निक्षेप जोखीममा पर्न जाने समेत देखिन्छ । यस्तो गैर कानूने एवम अवान्छित गतिविधि उपर यस संघ खेद प्रकट गर्दछ र दोषी उपर कडा भन्दा कडा कारवाहि गर्न तथा यसप्रकारका अवाञ्छित गतिविधी रोक्न सम्बन्धित निकाय समक्ष यो संघ माग गर्दछ । '

ग्राहक र संस्थाको बिचमा सुमधुर सम्बन्ध कायम गरी ग्राहक संरक्षणलाई पूर्ण रुपमा ध्यान दिई लघुवित्त सेवा प्रवाह गर्न लघुवित्त वित्तीय संस्थाहरु सदैव दृढ रहेको पनि संघले जनाएको छ। साथै, यस्ता किसिमका घटनाहरुबाट कत्ति पनि विचलित नभई निरन्तर रुपमा ग्राहक सदस्यहरुलाई उत्कृष्ट सेवा उपलब्ध गराउन सबै लघुवित्त वित्तीय संस्थाहरुलाई संघले अनुरोध गरेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved