सय पालिकामा अझै पुग्न सकेनन् लघुवित्त, डेपुटी गर्भनर भन्छन् - एकै ठाउँमा थुप्रिनु भएन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2023 | 02:40:44 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्रामीण भेगमा सेवा दिने गरी सञ्चालनमा आएका लघुवित्त अझै पनि एक सय गाउँपालिकामा नपुगेको पाइएको छ । शुक्रबार नेपाल लघुवित्त बैंकर्स संघको १७ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै राष्ट्र बैंकका डेपुटी गर्भनर बम बहादुर मिश्रले अझै पनि सय पालिमा लघुवित्त जान नसकेको बताए । 

डेपुटी गभर्नर मिश्रले लघुवित्त वित्तीय संस्थाहरुलाई शाखा नपुगेका ठाउँमा शाखा खोल्न निर्देशन समेत दिए । उनले लघुवित्तको शाखा सञ्जाल धेरै विस्तार भइरहेको र ग्रामीण स्तरसम्म सेवा प्रवाह गरेकोमा प्रशंसा गर्दै अझै सेवा पुग्न नसकेको क्षेत्रमा सेवा विस्तारका लागि ध्यानाकर्षण गराए ।  लघुवित्त संस्थाहरु पनि शहर केन्द्रित भएको उनको भनाई छ । 

त्यस्तै उनले लघुवित्तले सेवा प्रवाह गर्दा सचेत हुनुपर्ने समेत बताए । ग्रामीण अर्थतन्त्रको विकासमा लघुवित्तको विशेष योगदान रहेको भन्दै आफूले प्रवाह गरेको कर्जाको उपयोगका सम्बन्धमा पनि सचेत हुनुपर्ने उनको भनाई छ । 

त्यस्तै बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण मिनाहा हुन नसक्ने उनको भनाई छ । बैंक तथा वित्तीय संस्थाका विरुद्ध विभिन्न नाममा भएका विरोध र ऋण मिनाहा विरोधी आन्दोलनतर्फ लक्ष्यित गर्र्दै उनले बैंक तथा वित्तीय संस्थाको विरुद्ध हुने उच्छृङ्गखल गतिविधि सह्य नह’ने समेत बताए ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved