
एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा कमल खड्का नियुक्त भएका छन् । लघुवित्तको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले खड्कालाई सञ्चालकमा नियुक्त गरेको हो ।
संस्थापक एन आई सी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको बैठकको निर्णय अनुसार उनलाई संस्थापक सञ्चालकको बाँकी कार्यकालका लागि नियुक्त गरिएको जनाइएको छ । यसअघि एनआईसी एशिया बैंकका तर्फबाट दिनेश भारीले प्रतिनिधित्व गर्दै आएका थिए ।
नव नियुक्त सञ्चालक खड्काले संस्थाका अध्यक्षसन्तोष कुमार राठी समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरी आफ्नो पद बहाली गरेको लघुवित्तका प्रमुख सूचना अधिकृत राजेन्द्र न्यौपानेले जानकारी दिए ।
बैंकिङ्ग क्षेत्रमा करीब १० वर्ष देखि कार्यरत कमल खड्का एन आई सी एशिया बैंकमा आन्तरिक लेखापरीक्षण विभागमा विभागीय प्रमुखको रुपमा कार्यरत थिए । उनी पेशाले चार्टर्ड एकाउन्टेन्ट पनि हुन् ।