
मिर्मिरे लघुवित्तको नारायणपुर शाखाले रु १२ लाख ४० हजार रुपैयाको बीमा दाबी रकम भुक्तानी गरेको छ । शाखा कार्यालय नारायणपुरको केन्द्र न . ७० नारायणपुर नागरिक मिर्मिरे समुहमा आबद्ध सदस्य चन्द्र बहादुर कडायतको मृत्यु पश्चात कर्जाको जीवन बीमा बापत निजको श्रीमती चेतु कुमारी कडायतलाई बीमाङ्क तथा किरिया खर्च रकम रु १२ लाख ४० हजार रुपैया दाबी भुक्तानी गरेको हो।
संस्थाले मेट लाईफ ईन्स्योरेन्स कम्पनीसंग सदस्यको म्यादी जीवन बीमा सहकार्य गरेकोमा उक्त दाबी रकम टिकापुर नगरपालिका वडा नं. ६ का कार्यबाहक वडा अध्यक्ष पुरन नायकले संस्थाले प्रदान गरेको चेक हस्तान्तरण गरेका हुन् । दाबी भुक्तानी लिने क्रममा चेतु कुमारी कडायतले यस्ता किमिमका सुविधाले संस्था तथा सदस्यको परिवारलाई आर्थिक भार नहुने बताएको कम्पनीले उल्लेख गरेको छ।
दाबी भुक्तानी हस्तान्तरण कार्यक्रममा सुदुर पश्चिम प्रदेश प्रमुख भिम बहादुर साउँद, बौनिया क्लष्टर प्रमुख मनोज कुमार ओली , सुदुर पश्चिम प्रदेश कर्जा असुली प्रमुख सुरत सुनार, शाखा प्रमुख नरेन्द्र बहादुर धामी तथा कर्मचारीहरु मिना रावल क्षेत्री, बबिता पौडेल भेषराज उपाध्याय तथा केन्द्र न ७० सदस्यहरुको उपस्थिति रहेको थियो ।