युनिक नेपाल लघुवित्तको अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 04, 2024 | 12:00:20 PM मा प्रकाशित

laxmi sunrise bank

 युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आर्थिक वर्ष २०८०/०८१ को अर्धवार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न गरेको छ। शनिवार कोहलपुरमा आयोजित कार्यक्रममा  शाखा कार्यालयका शाखा प्रमुखहरुले पालैपालो तोकिएको ढाँचामा अर्धवार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए ।

उक्त प्रगति विवरणमाथि वित्तीय संस्थाका कार्यकारी निर्देशक, सेक्सन प्रमुखहरुले टिप्पणी गर्नुका साथै सुझाव दिएका थिए । प्रस्तुतीकरणपछि सहभागीहरुबाट विभिन्न समसामयिक विषयमा ३ वटा समूह बनाई छलफल गराइएको थियो । सो कार्यक्रम युनिक वित्तीय संस्थाका अध्यक्ष शिव बहादुर चौधरीको प्रमुख आतिथ्य तथा वित्तीय संस्थाका सञ्चालक सन्तराम धरकटुवा थारु, पुरन प्रसाद चौधरी, जागेश्वर प्रसाद चौधरी, बालिका चौधरी, जगतराम चौधरी थारुको विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो ।

कम्पनीका अनुसार सभाध्यक्ष कार्यकारी निर्देशक डा.गोपाल दहित थिए। उक्त कार्यक्रममा कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका ४१ वटा शाखाका शाखा प्रमुख कर्मचारीहरु सहभागी थिए ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved