स्वस्तिक लघुवित्तद्धारा कान्तिबजारमा वित्तीय साक्षरता कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 07, 2024 | 04:52:14 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वस्तिक लघुवित्तको कान्तिबजार शाखाले आफना ग्राहक सदस्य तथा अभिभावकहरुको उपस्थितीमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । 

महोत्तरीको गौशाला न पा. वडा नं. १२ स्थित कान्तिबजार शाखाबाट लघुवित्त सेवा उपभोग गरिरहेका ग्राहक सदस्यहरु तथा तिनका अभिभावकहरुको उपस्थितीमा लघुवित्त कार्यक्रम संचालन तथा वित्तीय व्यवस्थापन सम्बन्धी अन्तरक्रिया माध्यमबाट वित्तीय साक्षरता कार्यक्रम संचालन गरिएको कम्पनीले जनाएको छ ।

उक्त कार्यक्रममा स्थानिय तहबाट वडा नं. १२ को वडा अध्यक्ष  कुशेश्वर सिंह, स्थानिय प्रहरी कार्यालयबाट कार्यालय प्रमुख मन्जीत कुमार झा, स्थानिय स्वास्थ्य चौकी प्रमुख रामविर यादब, स्वस्तिक लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत धिरेन्द्र लाल कर्ण, कान्तिबजारमा कार्यरत कर्मचारी कपिलदेव पासमानको उपस्थिती रहेको थियो भने उक्त कार्यक्रम संचालकको भुमिका रामगोपालपुर शाखाका शाखा प्रमुख भोजेन्द्र प्रसाद हजारी रहेको व्यहोरा कान्तिबजारका शाखा प्रमुख घुरण यादवले जानकारी गराएका छन्।

कार्यक्रममा ग्राहक सदस्यहरुले पछिल्लो क्रममा लघुवित्त विरुद्ध भएको आन्दोलनका कारण लघुवित्तका ग्राहक सदस्यहरुमा कर्जा मिनाहा हुने नकारात्मक सोचका कारण ऋणीहरुले कर्जाको किस्ता भुक्तानी गर्न छोडेको र लघुवित्त संस्थाहरुले समेत कर्जा लगानी गर्न बन्द गरेकोले नियमित रुपमा ईमान्दारीपुर्वक आर्थिक कारोबार गरिरहेका सदस्यहरु मार्कामा परेकोले यस तर्फ स्थानीय निकाय तथा वित्तीय संस्थाहरुले ध्यानदिई कार्यक्रम संचालनमा आवश्यक सहयोग गरिदिनुहुन अनुरोध गरेका थिए।

 कार्यक्रमका अतिथिहरुले कर्जा मिनाहाको हल्लाको पछि नलागी आफनो ईमान्दारीता देखाई बैक वित्तीय संस्थाको कर्जा भुक्तानी गर्न अनुरोध गरेका थिए । साथै बैंक वित्तीय संस्थाको किस्ता भुक्तानी नगरेमा स्थानीय सेवाबाट बञ्चित हुनुपर्ने अवस्था आउन सक्ने बारे वडाअध्यक्ष कुशेश्वर सिंहले सहभागीहरुमा जानकारी गराएका थिए । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved