
हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले बीमा दाबी रकम भुक्तानी गरेको छ । लघुवित्तको गोदावरी शाखा कार्यालयले कोन्ज्योसोम गाउपालिका वडा न २ शंखु घर भएकी मानमाया लामालाई शाखा कार्यालय अन्तर्गत केन्द्र न.०९६ को समूह न.१ बाट १ लाख ५५ हजार रुपैयाँ बीमा रकम उपलब्ध गराएको हो ।
लघुवित्त संस्थाको सदस्यमा आवद्ध मानमाया लामाको श्रीमान काल सिं. लामाको निधन भएपछि निज सदस्य मानमाया लामालाई कार्यलयले बीमा बापतको रकम उपलब्ध गराएको जनाएको छ । शाखा प्रबन्धक उज्वल श्रेष्ठले सदस्य मानमाया लामालाई चेक हस्तान्तरण गरेका हुन् ।
लघु बीमाअन्तर्गत संस्थाले नियमानुसार कर्जाको तिर्न बाकी सावा ब्याज मिनाहा गरि कर्जा बीमा अन्तर्गत सदस्य मानमाया लामाको पतिको निधन पश्चात् दिईने क्रिया खर्च बापतको २५ हजार रुपैयाँ र कर्जा रकम बापतको १ लाख ३० हजार रुपैयाँ गरी संस्थाले जम्मा १ लाख ५५ हजार रुपैयाँ बीमाबाट प्राप्त भएको,जसमध्ये तिर्न बाकी रहेको कर्जा रकम ५७ हजार ६ सय बहत्तर रुपैयाँ ७३ पैसा सस्थाले कट्टा गरि बाकी रहेको रकम ९७ हजार ३ सय २७ रुपैयाँ सत्ताईस पैसा लुम्बिनी विकास बैंक लिमिटेडको चेक प्रदान गरिएको कम्पनीले जनाएको छ।
कर्जा मिनाहा गरि क्रिया खर्च र बीमा बापतको रकम उपलब्ध गराई आफ्नो पिडामा मलमपट्टि लगाएको सदस्य मानमाया लामाले बताईन् ।