मिथिला लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2024 | 05:15:07 PM मा प्रकाशित

laxmi  sunrise bank

मिथिला लघुवित्त वित्तीय संस्थाले आयोजना गरेको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । धनुषाको ढल्केवरमा केन्द्रीय कार्यालयको रहेको उक्त संस्थाले गरेको सो कर्यक्रममा ९० जना ग्राहकको उपस्थिति रहेको थियो । 

कार्यक्रम माघ २८ र २९ गते भएको लालगढ स्थित न्यू बौवा होटलमा भएको थियो । मधेस प्रदेशका आठ जिल्लाका ४५ वटै शाखाका २ जनाका दरले सदस्यहरु उपस्थित भएको संस्थाले जनाएको छ । 

कार्यक्रममा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सत्यदेव राउतको अध्यक्षतामा संचालन भएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष मनोज कुमार दास, संचालक दिनेश कुमार राय, विनोद कुमार साह, विभागिय प्रमुख रेशम प्रसाद वास्तोला, रामानन्द यादव सहितको उपस्थिति रहेको जनाइएको छ । 

दुई कार्यक्रममा सत्यदेव राउत, रेशम वास्तोला र रामानन्द यादवले सहभागिहरुलाई वित्तीय शिक्षा दिएका थिए । कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष दासले आफ्ना ग्राहक सदस्यका लागि मिथिलाले विभिन्न किसिमका सेवा सुविधा र सहुलिएत दिईरहेकोमा आगामी दिनमा अझ राम्रा र जन उपयोगि कार्यक्रम संचालन गरिने बताए । यस्तै सीईओ राउतले मधेश प्रदेशका सबै ४५ ओटै शाखाबाट प्रतिनिधीत्व गर्ने सदस्यलाई वित्तीय शिक्षा प्रदान गरिएको र आगामी दिनमा उनिहरुलाई संस्थाको विभिन्न कार्यक्रममा सहभागि गराई नेतृत्व विकासमा टेवा पुग्ने र ग्राहकले लघुवित्त कार्यक्रमको वारेमा अरुलाई बुझाउन सक्ने दक्षताको विकास गरिने बताए । 

सहभागिहरु मध्ये सविता कुमारी महतो, रेखा कुमारी, चन्द्रकला मंडल, सावित्रा भट्टराई, देवी माया भट्टराई, निमा सत्याल, कालिमाया हेम्जन लामा लगाएतले आफ्नो विचार राखेका थिए । सहभागिहरुले ग्राहक सदस्यको लागि यस्तो किसिमको कार्यक्रम गरी आफुहरुलाई सहभागि गराएकोमा संस्थालाई धन्यवाद दिएका थिए ।

उनिहरुले धारणा राख्दै हाल विभिन्न किसिमका नकात्मक प्रचार प्रसारको पछि नलाग्न र आफुहरुले अब गाउँ गाउँमा मिथिला लघुवित्तको कार्यक्रमको कार्यक्रमको प्रचार प्रसार गरी लघुवित्त कार्यक्रमलाई उचाईमा पु¥याउन प्रयास गर्ने बताएका थिए । कार्यक्रममा उत्कृष्ट बक्ता र मुल्याङकन कर्ता सहभागिहरुलाई पुरस्कार समेत वितरण गरिएको जनाइएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved