जोशीपुरमा सबैको लघुवित्तको 'वित्तीय सचेतना र्याली'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 20, 2024 | 06:48:42 PM मा प्रकाशित

laxmi  sunrise bank

सबैको लघुवित्त वित्तीय संस्थाले कैलालीको जोशीपुरमा वित्तीय साक्षरता तालिम तथा वित्तीय सचेतना ¥याली सम्पन्न गरेको छ । संस्थाका आफ्ना ३१ जना युवा महिला ग्राहक सदस्यहरु र विभिन्न विद्यालयका विद्यालयकाका ९ जना विद्यार्थीहरु गरी ४० जनाको सहभागीतामा र्यालि निकालेको हो । 

संस्थाका प्रमुख कार्यकारी अधिकृतका केशव कुमार पौडेलका अनुसार र्यालिमा सहभागी  कैलाली जिल्लाको जोशीपुर स्थित मोहन्याल मा.वि., कैलाली, लोखी स्थित राष्ट्रिय नि.मा.वि., कैलाली, भगतपुर स्थित नेपाल होलील्याण्ड पब्लिक स्कूल, कैलाली, मुद्धि स्थित जनप्रकाश मा.वि., कैलाली, बौनिया स्थित रघुनाथ मा.वि., कैलाली, जोशीपुर स्थित बि.पि. स्मृति विद्यालयकाका विद्यार्थीहरु थिए । 

उक्त तालिममा प्रशिक्षकहरु विक्रम उपाध्याय, फुलमाया थारु रहेका थिए । 

वित्तीय साक्षरता तालिम सुरुवात गर्नु अघि संस्थाको मदनचौक सुपरीवेक्षण मुकामका कर्मचारी, संस्थाको जोशीपुर शाखाका कर्मचारीहरु, सम्पूर्ण सहभागीहरुले स्थानीय जनमानसहरुमा जनचेतना जगाउने हेतुले प्ले कार्ड सहित ¥याली गरेका थिए । ग्लोबल मनि वीक मनाउँछौं मनाउँछौं, आजको बचत भोलिको सुरक्षा, बैंक तथा वित्तीय संस्थामा बचत, आयआर्जनको श्रोत, फजुल खर्च रोक्छौं रोक्छौं मितब्ययी बन्छौं बन्छौं, औपचारिक बैंक तथा वित्तीय संस्थासँग मात्र कारोवार गरौं कारोवार गरौं, रेमिटेन्स पठाउँदा बैंकिङ च्यानलको प्रयोग गरौं, नोट सँधै सफा र सुरक्षित राखौं, बजारमा आर्थिक कारोवार गर्दा स्वदेशी मूद्राको मात्र प्रयोग गरौं, रेमिटेन्सलाई उत्पादन क्षेत्रमा लगाऔं, बैंकसँगको नाता, हरेक नेपालीको बैंक खाता, ब  बचाउनुहोस्, च  चलाखीपूर्ण तरिकाले त  तपाईंकै लागि र तपाईंको परिवारको लागि, कर्जाको सहि सदुपयोगिता गरौं सदुपयोगिता गरौं, विदेशीको कमाईलाई आर्थिक विकासमा लगाऔं, वित्तीय शिक्षा हासिल गरौं हासिल गरौं, आजको आवश्यकता युवालाई वित्तीय साक्षरता आदि विभिन्न वित्तीय सचेतनामूलक प्लेकार्ड सहित जोशीपुर बजार परिक्रमा गरेका थिए ।

तालिममा सहभागीहरुले वित्तीय साक्षरताको महत्व, वित्तीय साक्षरताको परिचय, आवश्यकता र चाहना, बचतको अवधारणा तथा लक्ष्य निर्धारण, बचतको महत्व र बचतका प्रकारहरु, बचतका उपायहरु, बचत योजना, बचत प्रदायक संस्थाहरुको छनौट, कर्जाको योजना तथा कर्जा लिन सक्ने क्षमता, कर्जा सदुपयोग, जोखिम न्यूनीकरण, जोखिम परिचय र असर, विप्रेषण सेवा, अब्यवस्थित खर्चले गरीब बनाउँछ, खर्च प्राथमिकता र चुहावटको रोकथाम, फजुल खर्च तथा नगरी नहुने खर्च, पारिवारिक बजेट, बजेट निर्माण, लघु ब्यवसायको परिचय तथा महत्व, ब्यवसाय विस्तार तथा विविधिकरण, ब्यवसायिक योजना, अन्य आयश्रोतको पहिचान, साधन श्रोतको उच्चतम सदुपयोगिता, पारिवारिक बजेट निर्माण, डिजिटल बैंकिङ्ग आदि बारेमा यस तालिममा सहभागीहरुले जानकारी हासिल गरेका थिए । संस्थाले २०७४ आषाढ ३० गतेदेखि निरन्तर लघुवित्त सेवा प्रदान गरी रहेको यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको बारेमा पनि प्रमुख कार्यकारी अधिकृत केशब कुमार पौडेलले जानकारी दिए । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved