सुर्योदय वोमी लघुबित्तद्वारा इलाका प्रहरी कार्यालय धकधईलाई सरसफाई सामाग्री हस्तान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2024 | 12:47:10 AM मा प्रकाशित

laxmi  sunrise bank

सुर्योदय वोमी लघुबित्त बित्तीय सस्था लि ले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालय धकधईलाई सामग्री हस्तान्तरण गरेको छ।   लघुवित्तले ५ थान डस्बिन र २१ थान उज्यालो प्रतिबिम बेल्ट हस्तान्तरण गरेको हो । यस संस्थाका जोखिम ब्यवस्थापन बिभाग अन्तर्गत कार्यरत अधिकृत चित्र राज सुबेदि  ,अनुगमन अधिकृत जमिल खत्री र आन्तरिक लेखापरीक्षक बिभागमा अधिकृत बिमल कोइराला  ले  प्रहरी निरिक्षक कृष्ण प्रशाद घिमिरेलाई हस्तान्तरण गरिएको हो। 

उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक घिमिरेले लघुबित्तको सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको डस्बिन र उज्यालो प्रतिबिम्ब सहयोगले  सरसफाइ  तथा प्रहरी सुरक्षाको लागि महत्वपुर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे।  घिमिरेले सामुदायिक प्रहरी र ट्राफिक नियम को बारेमा जानकारी गराए। 

उक्त अवसरमा इलाका प्रहरी कार्यालय धकधईका  प्रहरि सहायक निरिक्षक कृष्ण राना भाट ले प्रहरि मेरो साथि र समाज र प्रहरी बिच भुमिका को बारेमा जानकारी गराए। 

उक्त कार्यक्रम मा संस्थाका जोखिम ब्यवस्थापन बिभाग अन्तर्गत कार्यरत अधिकृत चित्र राज सुबेदि  ,अनुगमन अधिकृत जमिल खत्री र आन्तरिक लेखापरीक्षक बिभागमा अधिकृत बिमल कोइराला  ले नेपाल प्रहरीसँगको समन्वयमा समुन्नत समाज विकासको लागि सहयोग गर्दै हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गरे। उक्त कार्यक्रममा लघुबित्तकाका कर्मचारीहरु तथा इलाका प्रहरी कार्यालय धकधईका  प्रहरि सहायक निरिक्षक कृष्ण राना भाट र अन्य प्रहरीहरुको उपस्थिती रहेको थियो। 

हाल सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था लि ललितपुर कर्पोरेट कार्यालय रही देश भरि नै १७३ वटा शाखा कार्यालयमार्फत करिब १८५००० जना सदस्यलाई वित्तीय सेवा दिइरहेको छ। भनि कार्यक्रममा शाखा कार्यालय  तिलकपुरको शाखा प्रमुख सुन्दर थापा क्षेत्रीले जानकारी गराएका थिए।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved