
जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्तबीच मर्जरको लागि अन्तिम सम्झौता भएको छ । चैत्र १८ गते आइतबार दुई संस्थाबीच मर्जरको लागि अन्तिम सम्झौता भएको हो ।
यी दुई संस्थाबीच गत साउन ९ गते मंगलबार मर्जरको प्रारम्भिक सम्झौता भएको थियो। जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले १ (एक) कित्ता शेयर प्राप्त गर्दा किसान लघुवित्त लघुवित्त वित्तीय संस्था लिमिटेडले ०.८८३४ ( शुन्य दशमलव आठ आठ तीन चार) कित्ता शेयर प्राप्त गर्ने गरी शेयर स्वाप अनुपात (Share Swap Ratio) कायम भएको छ ।
हाल जाल्पाको चुक्ता पुँजी १६ करोड रहेको छ भने किसानको चुक्ता पुँजी ४७ करोड १३ लाख रहेको छ । जाल्पाको केन्द्रीय कार्यालय रुपन्देहीको बुटवलमा रहेको छ भने किसानको केन्द्रीय कार्यालय कैलालीको लम्किचुहामा रहेको छ ।