आज पनि घट्यो शेयर बजार, कारोबार रकम समेत खुम्चियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 28, 2023 | 03:19:03 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो दिन मंगलबार पनि शेयर बजार परिसुचक नेप्से घटेको छ । आइतबार ४७ अंकले बढेको बजार हिजो सोमबार ११ अंकले घटेको थियो । आजपनि नेप्से सुचक २.१७ अंकले घटेर १ हजार ८ सय ९४.५३ को बिन्दुमा बजार बन्द भएको छ ।

सुचक घटेसँगै कारोबार रकम पनि खुम्चिएको छ । आज २९० कम्पनीको सेयर खरिदबिक्री हुँदा १ अर्ब २८ करोड माथिको शेयर खरिदबिक्री भएका छन् । यसअघि सोमबार बजारमा १ अर्ब ७५ करोड माथि र आइतबार २ अर्ब  बढीको कारोबार भएको थियो । 

आज सोनापुर मिनरल्सको सबैभन्दा बढी रकमको शेयर किनबेच भएको छ । कम्पनीको ८करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै सोल्टी होटलको ६ करोड५८ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ । 

नेप्सेका अनुसार आज १०२ कम्पनीको शेयर मूल्य बढेको छ भने १२६  कम्पनीकोे घटेको छ र ११ वटा कम्पनीको शेयरमूल्य स्थिर छ । 

यसदिन बुद्ध भूमि नेपाल हाइड्रो पावर कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको प्रतिकित्ता शेयर मुल्य ३५ रुपैयाँ ८० पैसाले बढेर ३९४ रुपैयाँ ८० पैसा पुगेको छ । यसदिन नारायणी डेभलपमेन्ट बैंकको शेयर मुल्य सर्वाधिक ५.३३ प्रतिशतले घटेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved