शेयरबजारमा दोहोरो अंकको गिरावट, सबै समुहगत सूचक घटे

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2024 | 03:13:12 PM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक १६.८२ अंकले घटेर २००६.५२ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका ३१४ कम्पनीका ७२ लाख २३ हजार ७ सय ७३ कित्ता शेयर खरिद बिक्रिबाट २ अर्ब ७९ करोड ७५ लाख ७७ हजार ४ सय ३२ रुपैयाँ ६८ पैसाको कारोबार भएको छ । जस मध्ये  ङादी ग्रुप पावरको सर्वाधिक १७ करोड ७३ लाख बराबरको कारोबार भएको छ । त्यस्तै सीवाईसी नेपाल लघुवित्तको ७ करोड ७० लाख, तथा सानिमा माई हाइड्रोको ६ करोड ९१ लाखको कारोबार भएको छ । 

आज कारोबारमा आएका मध्ये माछापुच्छ्रे बैंकको ऋणपत्रको शेयर मूल्य सर्वाधिक ७.०९ प्रतिशत बढेको छ भने मेन्छियम हाइड्रोको शेयर मूल्य ७.०५ प्रतिसहत बढेको छ । त्यस्तै मिड सोलु हाइड्रोको शेयर मूल्य ५.९३ प्रतिशत तथा श्रीजनशील लघुवित्तको शेयर मूल्य ४.६१ प्रतिशत बढेको छ । 

आज गुराँस लघुवित्त र दोल्ती पावर कम्पनीको शेयर मूल्य १० प्रतिशत घटेको छ। त्यस्तै खानीखोला हाइड्रोको शेयर मूल्य ७.४३ प्रतिशत घटेको छ ।

आज कारोबारमा आएका मध्ये सबै समुहगत सूचक घटेका छन् । आज कारोबारमा आएका मध्ये १८४ कम्पनीको शेयर मूल्य घटेको छ भने ५२ कम्पनीको मूल्य मात्र बढेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved