खल्तीले मनायो ५ औं वार्षिकोत्सव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 26, 2022 | 06:49:14 PM मा प्रकाशित

laxmi  sunrise bank

 २०१७ मा आफ्नो यात्रा सुरुवात गरेको अनलाइन भुक्तानी सेवा प्रदायक ‘'खल्ती'’ले आज आफ्नो ५ औं बार्षिकोत्सब  मनाएको छ। हाल २३० भन्दा संख्यामा रहेको 'खल्ती' परिवारले आफ्नो सफलताको सम्पूर्ण श्रेय आफ्ना प्रयोगकर्ताहरूमाझ समर्पित गर्दै ५औं बार्षिकोत्सब को अवसरमा आफ्ना प्रयोगकर्ताहरूका लागि ‘रिफर एण्ड अर्न’ को अफर पनि ल्याएको छ। 

वार्षिकोत्सवको अवसरमा खल्तीका  प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले आगामी दिनहरूमा हरेक उमेर समुहलाई 'खल्ती' प्रयोग गर्न उत्प्रेरित गर्ने उद्देश्यका साथ 'खल्ती'लाई अझै सरल र उपयोगी बनाउने हिसाबले थप सेवा सुविधाहरू लिएर आउने लक्ष्य रहेको बताएका छन् । प्रत्यक्ष-अप्रत्यक्ष रुपमा 'खल्ती'सँग यो यात्रामा आवद्द भएका सबैलाई 'खल्ती' टिमको तर्फबाट उनले हार्दिक बधाई तथा धन्यवाद दिएका छन्।

 'खल्ती'का संस्थापक अमित अग्रवालले हरेक प्रयोगकर्ताको समस्या र आवश्यक्ता सुनी सो अनुसारको को सहज सुविधा ल्याउन प्रयत्नरत रहेको बताएका छन्।  यसको  लागि विभिन्न सेवा, सुविधा तथा आकर्षक अफरहरु समय अनुसार विस्तार गर्दै डिजिटल नेपालको सपना सार्थक गर्न लागिपरेको र हरेक दिन, हिजो भन्दा आज र आज भन्दा भोलि अझ राम्रो हुँदै जाने उनले बताएका छन्।

अर्का संस्थापक मनिष मोदीले डिजिटल नेपालको सपना र सबै नेपालीमाझ पुग्ने भिजनका साथ सुरु गरेको 'खल्ती'लाई आजको दिन यो स्थानमा पुर्याउन सदैव साथ दिने टिम, परिवार, साथीहरू, प्रयोगकर्ताहरू, एजेन्टहरू, बैंकहरू, व्यापारीहरू,आवेदकहरू तथा शुभचिन्तकहरूलाई धन्यवाद दिदै आगामी दिनहरूमा पनि यहि साथ, सहयोग र उत्साहजनक सहभागिता र साथको आशा 'खल्ती' टिमले राखेका बताएका छन्।

अर्का संस्थापक अरविन्द साहले खल्तीले नेपालको डिजिटल इकोसिस्टममा एउटा क्यटालिस्टको रुपमा सुरुवाती तरंग ल्याउन सकेकोमा सम्पूर्ण खल्ती टिम र प्रत्यक्ष-अप्रत्यक्ष संलग्न महानुभावहरु प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै छैटो वर्ष भित्र कमसेकम ५० लाख नेपालीहरुको साझा र विश्वश्नीय सेवा प्रदायकको रुपमा स्थापित गराउने लक्ष्यमा साथ र सहयोगको अपेक्षा राखेको उल्लेख गरेका छन् | 

 संस्थापक ध्रुब अधिकारीले आधा दशक देखि निरन्तर सरल, सुलभ र सुरक्षित भुक्तानीको सहि प्रत्याभुति प्रदान गर्न अनवरत लागिरहेको खल्तीलाई अबको दिनमा अझै पृथकीकरण गर्दै लैजाने दायित्व बढेको  बताएका छन् । त्यसैले प्रारम्भिक भुक्तानी प्रदायकको सतहबाट माथि उठेर भोलिको बजारलाई नै निर्देशित गर्ने गरि काम गर्ने जिम्मेवारीवोध गर्दै कार्य अगाडि बढाउने प्रयासमा अझै उत्प्रेरित रहने प्रतिवद्दता उनले व्यक्त गरेका छन्। प्रविधिको आक्रामक सुधार र स्त्तरोन्नतिलाई पनि आगामी कार्यदिशामा राखिसकेकाले खल्ती भुक्तानी प्रदायक मात्र नभएर जिवनशैली नै बन्ने विश्वास उनले व्यक्त गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved