आइएमएस सफ्टवेयर प्रयोग गरी सेलपेमार्फत भूक्तानी गर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2022 | 05:14:53 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमएस सफ्टवेयरले डिजिटल भुक्तानी सेवा प्रवद्र्धन गर्न भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ । सहकार्य सम्झौतामा आइएमएस सफ्टवेयरका तर्फबाट सन्तोष ताम्राकार र सेलकम प्रा. लि. का तर्फबाट पवन प्रधानले हस्ताक्षर गरेका छन् ।

सेलपे, सेलकम प्रा. लि. द्वारा संचालित राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक हो । जसले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खाताका साथै वालेटबाट पनि भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्दछ । सेलपे मार्फत गरिएको भुक्तानी वास्तविक समयमा हुन्छ । ग्राहकले सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईन्टरनेटको महशुल भुक्तानी, ईन्स्योरेन्सको भुक्तानी, शेयर तथा ब्रोकर भुक्तानी, सरकारी भुक्तानीहरु, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, फोनपे नेटवर्कका मर्चेण्टहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर गर्न सकिन्छ । 

आइएमएस सफ्टवेर एक सूचना प्रविधि कम्पनी हो जस्ले विभिन्न क्षेत्रका लागि विभिन्न किसिमका सफ्टवेयरहरु बनाउदै आएको छ । सेलपेसँग सहकार्य पछि आइएमएस सफ्टवेयरका प्रयोगकर्ताहरुले आफ्ना क्रेडिटर्सहरुलाई आइएमएस सफ्टवेयर प्रयोग गरी सेलपे मार्फत भुक्तानी गर्न सक्ने छन् ।

सेलपे भुक्तानी सेवा आइएमएस सफ्टवेयरका निम्न सफ्टवेयरहरुमा प्रयोग गर्न सकिन्छः

IMS POS Software

IMS Hospitality Management Software

IMS Restaurant Management Software

IMS Distribution Management Software

IMS WEB POS

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved