‘खल्ती’ बाटै काठमाडौं महानगरपालिकालाई कर तथा राजश्व तिर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2022 | 04:08:23 PM मा प्रकाशित

laxmi  sunrise bank

अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी 'खल्ती' डिजिटल वालेटले करदाताहरूकालागि काठमाडौ महानगरपालिकाको कर घरै बसी भुक्तानी गर्न मिल्ने सुविधा लिएर आएको छ। यो सुविधा उपलब्ध भए लगत्तै करदाताहरूले काठमाडौं महानगरपालिकाको तिर्नुपर्ने करहरू जस्तै : जग्गा, घर, भाडा, सवारी, साधन, व्यवसायको कर अब ‘खल्ती’ मार्फत सहजै भुक्तानी गर्न सक्नेछन्।

स्थानीय तहमा बुझाउने कर तथा सेवा शुल्क  अनलाइनमार्फत् नै भुक्तानी गर्न पाउँदा  त्यस क्षेत्रका बासिन्दालाई सहज हुने खल्ती’का प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले बताए ।  अहिलेको कोभिड–१९ को महामारीका बेला घरबाटै सेवा लिँदा अझ सजिलो र सुरक्षित हुने उनको भनाई छ।

यो सुविधा लिनुपुर्व करदाताले https://eservice.kathmandu.gov.np मा गएर आवश्यक पर्ने सम्पूर्ण विवरण दाखिला गरी करदाता पोर्टलमा आफ्नो नाम दर्ता गराउनु पर्ने खल्तीले जनाएको छ। दर्ता भई सकेको खण्डमा आफ्नो आफ्नो युजर नाम र पासवर्ड दाखिला गरि लग-इन गर्न सकिनेछ। करदाता पोर्टलमा लग इन गरे पश्चात करदाताको विवरण प्राप्त हुनेछ । आफूले तिर्ने करको छनोट गरेर कर मुल्यांकन हुनेछ। सम्पूर्ण विवरण सहि भए भुक्तानी विकल्पहरूमा खल्ती छनौट गरेर प्रक्रिया पूरा गर्न सक्नेछन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved