पाइलट प्रोजेक्ट नै सफल, ईपेमेन्टबाट पहिलो महिनामै ७ अर्ब ४० करोड राजस्व संकलन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 20, 2022 | 03:19:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल सरकार भन्सार विभागले माघ मसान्तसम्म ७ अर्ब ४० करोड बराबरको डिजिटल माध्यमबाट राजस्व संकलन गरेको छ । उक्त डिजिटल संकलनको व्यवस्था पाइलट प्रोजेक्टको रुपमा १ पौष २०७८ देखि सुक्खा बन्दरगाह विरगञ्ज भन्सार कार्यालयबाट सुरुवात गरी १२ माघ २०७८ मा अर्थ मन्त्रि जनार्दन शर्माबाट  औपचारीक उद्घाटन गरी देशभरीका सबै भंसार कार्यालयहरुमा कार्यान्वयन गरिएको हो । 

यसरी भंसार विभागको प्रज्ञापनपत्र सम्बन्धी भुक्तानी एनसीएचएल तथा बैंक वित्तीय संस्थाका विभिन्न च्यानलहरुसँग जोडी विद्युत्तिय माध्यमबाट संकलनको सुरुवात भएसँगै इपेमेंट मार्फत विद्युत्तिय राजस्व संकलनमा उल्लेख्य बृद्धि हुनुका साथै आयतकर्ताहरुलाई पनि भुक्तानी गर्न निकै सहज भएको छ । 

नेशनल पेमेन्ट स्वीच अन्तर्गत भन्सार विभागको भुक्तानी संकलनलाई रियल टाईम तथा नन् रियल टाईम दुवै माध्यमबाट संकलन गरिने व्यवस्था हुँदा माघ मसान्तसम्म रिटेल पेमेन्ट स्वीच मार्फत रियल टाईममा रु. ३.४ अर्ब र एनसीएचएल–आईपिएस मार्फत नन् रियल टाईममा रु. ४ अर्ब बराबरको संकलन भएको छ । 

भुक्तानी गर्नका निम्ती भन्सार एजेन्ट वा आयातकर्ताले भन्सारको अनलाइन प्रणाली ९ब्क्थ्ऋग्म्ब्० बाट रजिष्ट्रेशन वर्ष, रजिष्ट्रेशन नम्बर, भन्सार विभागको कोड तथा प्रज्ञापनपत्र नं. प्राप्त गरी उपलब्ध कुनैपनि च्यानलमा सो विवरण दाखिलागरी अनलाइन भुक्तानी गर्नसक्दछन् । 

यसरी भुक्तानी गर्दा कारोबार सीमा भने छनोट गरिएको प्रणाली अनुसारको हुन्छ । भन्सार एजेन्ट तथा आयातकर्ताले सोझै आफ्नो बैंक खाताबाट कनेक्ट आइपिएस, कर्पोरेटपे तथा बैंक वित्तीय संस्थाको शाखाबाट भुक्तानी गर्नसक्दछन् । यो सेवा एनसिएचएलका विभिन्न सदस्य बैंक वित्तीय संस्थाका मोबाइल ÷ ईन्टरनेट बैंकिङ्ग तथा सदस्य भुक्तानी सेवा प्रदायक (वालेट) हरुमा पनि चाढै नै उपलब्ध हुनेछ । भन्सार विभागका सम्पूर्ण भुक्तानीहरु पहिले नगद वा चेक मार्फत हुने गरिन्थ्यो।

 देशभरीका भन्सार नाकाहरुबाट आयात कर, भ्याट, अन्तः शुल्क लगायतका विभिन्न करहरु संकलन हुने कुल राजस्वको ४४% ओगटेको छ भने सरकारी करको हकमा ५०% योगदान गरेको छ । यसरी भन्सार विभागको अनलाइन संकलन सेवाको सुरुवातले विभागको सेवा प्रवाहमा उल्लेखिय सुधार ल्याई विभागको “क्यासलेस र फेस लेस” सेवा दिने नीतिलाई सहयोग गर्ने अपेक्षा गरेका गरिएको छ । आ.व. २०७८÷७९ को माघ मसान्त सम्म सरकारी राजस्वको अनलाइन संकलन रु. १३.२ अर्ब भएकोमा भन्सार विभागको एक महिनामै ५६% योगदान रहेको छ । सरकारले गत आ.व. २०७७÷७८ मा कुल राजस्व संकलन मध्ये १०% अनलाइन माध्यबाट संकलन गरेको थियोे । आउँदो समयमा सरकारी राजस्व संकलन अनलाइन माध्यमबाट २–३ गुणाले बृद्धि हुने अपेक्षा गरिएको छ भने भन्सार विभागको अनलाइन संकलनले यसमा उल्लेख्य योगदान पु¥याउने विश्वास गरिएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved