बीगमार्टमा स्मार्ट क्यूआर मार्फत स्क्यान गर्दा २५०० सम्म छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2022 | 08:39:40 PM मा प्रकाशित

laxmi  sunrise bank

 आइएमई पे र एससिटीद्वारा संचालित स्मार्ट क्यूआरवीच साझेदारी सम्बन्धि सम्झौता भएको छ । सम्झौता अनुरुप बीगमार्ट सुपर मार्केटको सम्पुर्ण आउटलेटमा विशेष रूपमा आइएमई पे एप मार्फत स्मार्ट क्यूआर स्क्यान गर्दा १५% छुट (अधिकतम रू. ३०० सम्म) पाउन सक्ने छन्।

डिजिटलाइज नेपालतर्फ सँगै अगाडि बढ्ने संकल्प व्यक्त गर्दै यस योजनाका लागि आइएमई पे र स्मार्ट क्यूआरले सहकार्य गरेको जनाएका छन्। कम्पनीहरूले यो योजनाले प्रयोगकर्ताहरूको व्यापक दायरालाई डिजिटल भुक्तानी विधिहरूतर्फ लाग्न प्रोत्साहित गर्ने विश्वास राखेको छ ।

साझेदारी अवधिभर निश्चित नियम र सर्तहरू अन्तर्गत प्रत्येक प्रयोगकर्ताले १५% छुट अधिकतम रू. ३०० सम्म प्राप्त गर्न सक्ने र सोही अवधिभर प्रत्येक लेनदेन मा प्रयोगकर्ताले जम्मा रकम रू. २५०० सम्मको छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved