आइएमई पेले ल्यायो मोबाईल रिचार्जमा नयाँ अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 01, 2022 | 12:17:10 PM मा प्रकाशित

laxmi  sunrise bank

 आइएमई ग्रुपद्वारा संचालित “आइएमई डिजिटल सोलुसन लिमिटेड”को “आइएमई पे” ले मोबाईल रिचार्जमा नयाँ अफर ल्याएको छ । आइएमई पेले मोबाईल रिचार्जमा थप २% क्यासब्याकको अफर ल्याएको हो।

आइएमई पे एपमा दर्ता भएको आफ्नै मोबाईल नम्बरमा टप-अप गर्दा ५% क्यासब्याक पाउने सुविधा थियो । यस अफरको साथ अब सेवाग्राहीहरुले आइएमई पे एपबाट कुनै पनि मोबाईल नम्बरमा टप-अप गर्दा २% क्यासब्याक पनि पाउने कम्पनीले जनाएको छ ।

यस क्यासब्याक अफरलाई अझ रमणिय बनाउन कम्पनीले एक जना भाग्यशाली बिजेतालाई यस अभियानको पहिलो महिनामा “वान प्लस टेन प्रो” स्मार्टफोन पनि उपलब्ध गराउने बताएको छ । सोको निम्ती सेवाग्राहीले महिना भरी कम्तीमा रू. ५० को १० टप-अप गर्नु पर्ने नियम तथा सर्त कम्पनीले जनाएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved