सेल्सबेरीमा नेपाल पे क्युआरबाट भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 11, 2022 | 10:54:44 AM मा प्रकाशित

laxmi  sunrise bank

सेल्सबेरी डिपार्टमेन्ट स्टोरमा नेपाल पे क्युआरबाट भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक पाईने भएको छ। नेपाल पे र सेल्सबेरी बीच स्क्यान गरी भुक्तानी गर्दा प्रतिशत (अधिकतम रु १०० सम्मको) क्यासब्याक प्राप्त गर्ने गरि भुक्तानी सम्झौता भएको हो।

कम्पनीका अनुसार क्यासब्याकको अफर नेपाल भरीका सेल्सबेरीका शाखाहरुमा मंसिर २५ देखि पौष ३० गतेसम्म उपलब्ध हुनेछ । डाइनामीक क्युआरको रुपमा हालै उक्त डिपार्ट्मेन्ट स्टोरमा उपलब्ध भएको नेपाल पे क्युआर ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग वा वालेट अथवा कनेक्ट आइपिएस मोबाइल एपबाट सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्दछन् ।

सेल्सबेरीमा नेपाल पेको क्युआर सेवा हिमालयन बैंक तथा मोको फोकसवान् सोलुसन्स्को सहकार्यमा सुचारु गरिएको हो । देशको सबै भन्दा ठूलो रिटेल स्टोर मध्यको एक यस स्टोरमा लागू गरिएको उक्त अफर मार्फत नगद रहित भुक्तानीलाई थप प्रोत्साहन हुने विश्वास रहेको कम्पनीले जनाएको छ । 

हाल नेपाल पेको सुविधा एभरेष्ट बैंक, हिमालयन बैंक, लक्ष्मी बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, एनआइसी एसिया, सानिमा बैंक, सनराइज बैंक, गरिमा विकास बैंक, कामना सेवा बिकास बैंक, गुडविल फाइनान्स, आइसिएफसी फाइनान्स, सम्बृद्धि फाइनान्स, सेल पे, मोरु र कनेक्ट आइपिएस मोबाइल एपमा उपलब्ध रहेको छ भने अन्य बैंक वित्तीय संस्थामा पनि चाँडै नै उपलब्ध हुने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved