नमस्ते पे वालेटमा 'स्प्लिट बिल' को सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 12, 2022 | 07:59:12 PM मा प्रकाशित

laxmi  sunrise bank

नमस्ते पे प्रयोगकर्ताहरूले अब नमस्ते पे वालेटमा 'स्प्लिट बिल' को सुबिधा प्रयोग गर्न सक्ने भएका छन्। यो सुबिधाको फाइदा एन्ड्रोईड र आईओएस दुवै प्रयोगकर्ताहरुले लिन सक्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार साथीभाई र आफन्त संग खाजा खादा होस् या किनमेल जादा, नमस्ते पे को 'स्प्लिट बिल' सेवा कुनै झन्झट बिना छिटो, सरल र भरपर्दोरुपमा प्रयोग गर्न सकिन्छ। क्युआर स्क्यान मार्फत मर्चेन्ट भुक्तानी गर्दा पनि यो सुबिधाबाट लाभ लिन सकिने कम्पनीले जनाएको छ।

एनडिपिसी नेपालको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम र सार्वजनिक क्षेत्रको सर्वाधिक ठूलो बैंक राष्ट्रिय बाणिज्य बैंकद्वारा संयुक्त रुपमा प्रवर्द्धित भुक्तानी सेवा प्रदायक संस्था हो । नमस्ते पे अन्तर्गत इन्टरनेट र स्मार्ट फोन आवश्यक नपर्ने गरी USSD मार्फत बैंक र वित्तीय पहुँच  नभएका ग्रामीण क्षेत्रमा तथा मोबाइल एप मार्फत अन्य क्षेत्रमा समेत आधुनिक र सरल डिजिटल भुक्तानी सेवा प्रदान गर्ने दुबै प्रकारका विशेषता रहेका छन्।  

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो। आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved