आइएमई पेका ग्राहकहरुलाई डेली ग्रोसरी सुपरमार्केटमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 08, 2023 | 02:24:48 PM मा प्रकाशित

laxmi  sunrise bank

 आइएमई पे र डेली ग्रोसरी सुपरमार्केटवीच छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता अनुसार ग्राहकहरूले हरेक दिन आइएमई पेको भिसा कार्ड प्रयोग गरी डेली ग्रोसेरीमा किराना सामानहरू खरिद गर्दा १०% छुट (एक पटकमा अधिक्तम रू. २०० सम्म) प्राप्त गर्न सक्ने छन् । 

यो अफर आइएमई पेको फिजिकल भिसा कार्ड मार्फत पोस भुक्तानी गर्दा मात्र प्राप्त गर्न सक्ने शर्त कम्पनीले खुलाएको छ । कम्पनीका अनुसार ग्राहकहरुले यस अफर अवधीभरी काठमाडौं उपत्यकाको २४ वटा डेली ग्रोसरीको आउटलेटहरुमा यो अफरको साथै निःशुल्क आइएमई पेको भिसा कार्ड लिन पनि सक्ने छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved