रिटेल पेमेन्ट स्वीच मार्फत १८ सय अर्बको कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2023 | 07:55:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल पेमेन्ट स्वीच अन्तर्गतको रिटेल पेमेन्ट स्वीच (RPS) मार्फत चालु आर्थिक वर्ष २०७९/८० को पौष मसान्त सम्म रु. १,८०० अर्ब बराबरको भुक्तानी कारोबार फर्छयौट भएको छ । स्वीच संचालन गरिरहेको कम्पनी नेपाल क्लियारिंग हाउसका अनुसार उक्त कारोबार गत आर्थिक वर्षको तुलनामा ३१% ले बृद्धी भएको छ ।

त्यसै गरी कारोबार संख्याको आधारमा गत आर्थिक वर्ष भन्दा २५% ले बृद्धी भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार रिटेल पेमेन्ट स्वीचको हाल दैनिक औसत रु. १३.३० अर्ब बराबरको भुक्तानी कारोबार फर्छयौट हुने गरेको छ, जस अन्तर्गत ६०% बराबरको कारोबार नेशनल पेमेन्ट इन्टरफेस (NPI) मार्फत हुने गरेको छ ।

कम्पनीका अनुसार नेशनल पेमेन्ट स्वीच अन्तर्गतको RPS मार्फत विभिन्न रिटेल प्रणाली तथा उपकरणहरु बीच अन्तरआबद्धता कायम गरिएको छ। RPS अन्तर्गत फण्ड ट्रान्स्फर तथा विभिन्न भुक्तानीहरु बैंक वित्तीय संस्थाको मोबाइल बैकिङ्ग, वालेटहरु, कनेक्टआईपिएसको वेब, मोबाइल एप तथा गेटवे, कर्पोरेटपे प्रणाली तथा कुनै पनि संस्थाको आफ्नो प्रणालीसँग जोड्न सकिने Open API मार्फत उपलब्ध रहेका छन् । RPS अन्तर्गत बैंक वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, भुक्तानी प्रणाली सञ्चालक, सरकारी निकाय तथा विभिन्न संघ संस्थाहरु NPI मार्फत आबद्ध भई भुक्तानी कारोबारहरु गर्दै आएका छन् । Open API प्याट्फर्मको रुपमा सञ्चालनमा रहेको NPI ले RPS संग इन्टिग्रेट गरी विभिन्न भुक्तानी प्रणाली तथा अन्य बैंकिङ्ग सेवाहरु प्राप्त गर्न सक्दछन् । RPS अन्तर्गत हालै VPA मा आधारित भुक्तानी, Request To Pay, e-mandate मा आधारित भुक्तानी, अन्तर आबद्ध NEPALPAY QR, बिलर गेटवे, वालेट अन्तरआबद्धता तथा पिएसओ सेटल्मेन्ट लगायतका विभिन्न उपकरणहरु उपलब्ध रहेका छन् ।

RPS मा हाल ५५ बैंक वित्तीय संस्था सदस्यका रुपमा आबद्ध रहेका छन् । भुक्तानी कारोबार गरिने च्यानलको आधारमा प्रति कारोबार रु.२० लाख सम्मको भुक्तानी तथा सोही बैंक वित्तीय संस्थाको हकमा रु.१ करोड सम्मको भुक्तानी कारोबार गर्न सकिन्छ । RPS अन्तर्गत रहेका कनेक्टआईपिएसको वेब मार्फत प्रति कारोबार रु २० लाख सम्म र मोबाइल एप मार्फत प्रति कारोबार रु.२ लाख सम्मको कारोबार गर्न सकिन्छ । बैंक वित्तीय संस्थाका ग्राहकहरूले कनेक्टआईपिएसमा आफ्ना एक वा सो भन्दा बढी बैंक खाताहरु लिन्क गरी एकै प्याट्फर्म मार्फत भुक्तानी गर्न सक्दछन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved