फोनपेको नयाँ फिचर सार्वजनिक, भुक्तानीका लागि इन्टरनेट नचाहिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 04, 2023 | 09:50:19 PM मा प्रकाशित

laxmi bank

फोन पे एपमार्फत अबदेखि बिना इन्टरनेट (अफलाइनमार्फत पनि ) भुक्तानी गर्न सकिने भएको छ । सोल्टी क्राउन प्लाजामा सम्पन्न भएको बिशेष कार्यक्रमकाबीच फोन पे ले यो नयाँ फिचर सार्वजनिक गरेको हो । 

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ६० भन्दा बढी बैंक तथा वित्तिय संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । डेपुटी गभर्नर ढुंगानाले फोन पेको आफलाइन फिचरको पूर्ण सफलताको शुभकामना व्यक्त गरिन। 

डेपुटी गभर्नर ढुंगानाले भनिन, क्वीआरको लोकप्रियता दिन प्रतिदिन बढ्दै गइरहेको परिप्रेक्षमा फोन पे को आफलाइन फिचर कोशेढुंगा सावित हुनेमा विश्वास व्यक्त गर्दछु । 

फोन पे को यस फिचरमा ग्राहकले इन्टरनेटको प्रयोग बिना भुक्तानी गर्न मिल्नेछ । तसर्थ यसले देशको ठूलो जनसंख्यालाई डिजिटल भुक्तानी गर्न प्रेरित गर्छ र राष्ट्र बैंकका क्याससलेस अर्थतन्ध बनाउने अभियानलाई पनि साकार पार्न मद्धत गर्छ ।

फोन पे को आफलाइन भुक्तानीलाई अझै अगाडी बढाएर सबैसामु पुर्याउनका लागि हाम्रा ग्राहक बैंक तथा वित्तिय संस्थाहरुले पनि अमूल्य भूमिका निर्वाह गर्नेमा आफुहरु   बिश्वस्त रहेको फोन पे का सिईओ दिवश सापकोटाले कार्यक्रमलाई सम्बोधन गर्दै भने ।

फोन पे ले सार्वजनिक गरेका नविनतम फिचरले डिजिटल भुक्तानीलाई ग्राहक र व्यावसायहरुका लागि अझै सरल, छिटो र सुरक्षित बनाउने विश्वास लिएको छ ।फोन पे ले विगत ३ बर्षदेखि डिजिकटल भुक्तानीको क्षेत्रमा काम गर्दै आइरहेको छ । फोन पे मा अहिलेसम्म १ करोड ६० लाख प्रयोगकर्ताहरु जोडिएका छन् भने ११ लाख भन्दा बढी व्यवसाय तथा ६० भन्दा बढी बैंक तथा वित्तिय संस्थाहरु आबद्ध छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved