नेपाल क्लियरिङ हाउसमा महेश शर्मा ढकाल सहित दुई संचालक नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2023 | 06:18:24 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्लियरिङ्ग हाउसको संचालक समितिमा वाणिज्य बैंकहरुका तर्फबाट नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका डेपुटि प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल नियुक्त भएका छन भने  स्वतन्त्र सञ्चालकमा   अधिवक्ता जगदीश दहाल भएका छन् ।  

 चैत्र १४, गते बसेको एनसीएचएलको २०६ औं संचलाक समितिको बैंठकले उनीहरुलाई संचालकमा नियुक्त गरेको हो  

नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरु मार्फत प्रवद्र्धित यस कम्पनीको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट एक जना, वाणिज्य बैंक तर्फबाट तीन जना, विकास बैंक र फाइनान्स कम्पनीबाट एक–एक जना तथा स्वतन्त्र सञ्चालकबाट एक जना गरी जम्मा सात जनाको प्रतिनिधि रहने व्यवस्था  छ ।

एनसीएचएलले राष्ट्रिय स्तरको भुक्तानी प्रणालीहरु स्थापना तथा सञ्चालन गर्दै आएकोछ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved