'आइएमई पेसँग २०८०, १०० प्रतिशत खुशी' योजना सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 14, 2023 | 10:06:22 AM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई ग्रुप अन्तर्गत “आइएमई डिजिटल सोलुसन लमिटिेड”को “आइएमई पे” ले नयाँ वर्ष २०८० लाई स्वागत गर्दै “आइएमई पेसँग २०८०, १०० %  खुशी” नामक अफर सार्वजनिक गरेको छ ।

२०८० बैशाख १ देखि ३१ गते सम्म सञ्चालन हुने यस अफर अवधिभर प्रत्येक हप्ता आइएमई पेको विभिन्न सेवा सुबिधा प्रयोग गर्ने १० भाग्यशाली सेवाग्राहीहरुले १०० प्रतिशत क्यासब्याक प्राप्त गर्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार सो अफरमा सहभागी हुनका लागि सेवाग्राहीहरुले आइएमई पे मार्फत भिसा कार्ड, पि टु पि, क्यु आर, हावाई टिकट खरिद, रेमिट्यान्स लगायत आदी सेवा प्रयोग गरी कारोबार गर्नुपर्नेछ ।

ग्राहकवर्गलाई आइएमई पेबाट सजिलै विद्युतीय भुक्तानी गर्न प्रेरित गर्ने उदेश्यका साथ यो अफर सञ्चालन गरिएको कम्पनीले उल्लेख गरेको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved